प्रथम एनडिए नृत्य निर्देशक अवार्ड-२०८०: कुन विधामा कसले पाए ?
काठमाडाैं | पुस ८, २०८०
काठमाडौँ: नेपालकै पहिलो नृत्य निर्देशकहरुको अवार्ड ‘प्रथम एनडिए नृत्य निर्देशक अवार्ड-२०८०’ कार्यक्रम सम्पन्न भएको छ ।
नेशनल डाइनामिक आर्ट्स (एनडिए) प्रा.लिको आयोजनामा २४ विधामा अवार्ड वितरण गरिएको थियो । कार्यक्रम नेपालकै पहिलो नृत्य निर्देशक एंव नृत्य सम्राट भैरव बहादुर थापाको प्रमुख आतिथ्यतामा काठमाडौँको राष्ट्रिय नाचघर जमलमा भव्यताका साथ सम्पन्न भएको हो ।
प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै नेपालकै पहिलो नृत्य निर्देशक एंव नृत्य सम्राट भैरव बहादुर थापाले आफ्नो जीवनकालमा नृत्य निर्देशकहरुको हौसला बढाउनका निम्ती आयोजना गरेको अवार्ड कार्यक्रम शुरुवात भएकोमा खुशी व्यक्त गरे ।
अवार्ड प्राप्त गर्नेहरुलाई शुभकामना एंव बधाई ज्ञापन गर्दै उनले राज्यले गर्नुपर्ने काम गरेको र नृत्य निर्देशकहरुलाई राज्यले उचित स्थान दिनुपर्ने बताए ।
क-कस्ले कुन कुन बिधामा पाए अवार्ड ?
उत्कृष्ट तामाङ जातीको लोक नृत्य निर्देशक (जुरी) अवार्ड-निरु फुयाल,उत्कृष्ट थकाली नृत्य निर्देशक अवार्ड – सोनु लामा, उत्कृष्ट राइ जातीको लोक नृत्य निर्देशक- नविना के।सी, उत्कृष्ट हुडकेली नृत्य निर्देशक पब्लिक चोइस अवार्ड – मनु लिम्बुले पाए ।
यस्तै उत्कृष्ट झिझिया नृत्य निर्देशक अवार्ड – नारायणी थापा मगर, उत्कृष्ट शेब्रु नृत्य निर्देशक अवार्ड – निर्जला राइ, उत्कृष्ट कौडा नृत्य निर्देशक पब्लिक चोइस अवार्ड – पर्सन गुरुङ, उत्कृष्ट थारु नृत्य निर्देशक अवार्ड- दिल बहादुर सुनार, उत्कृष्ट नेवारी नृत्य निर्देशक अवार्ड- रबिन्सन श्रेष्ठ, उत्कृष्ट तीज नृत्य निर्देशक अवार्ड- सिता माया श्रेष्ठ, उत्कृष्ट मारुनी नृत्य निर्देशक- ममता राइ, उत्कृष्ट टप्पा नृत्य निर्देशक पब्लिक चोइस अवार्ड- आक्रिती गुरुङले पाइन् ।
यसैगरी उत्कृष्ट छलिया नृत्य निर्देशक अवार्ड- सिर्जना माया लामा, उत्कृष्ट धिमाल नृत्य निर्देशक पब्लिक चोइस अवार्ड- नरेश घले, उत्कृष्ट श्रेब्रु नृत्य निर्देशक जुरी अवार्ड – सुनिल गिरी, उत्कृष्ट झिझिया जातीको नृत्य निर्देशक पब्लिक चोइस अवार्ड-किसन बहादुर नेम्वाङ, उत्कृष्ट कौडा नृत्य निर्देशक अवार्ड – अस्मिता पराजुली, उत्कृष्ट तामाङ नृत्य निर्देशक अवार्ड – सरस्वती पोखरेलले जितिन् ।
उत्कृष्ट टप्पा नृत्य निर्देशक अवार्ड – मन्दिरा न्यौपाने, उत्कृष्ट हुडकेली नृत्य निर्देशक अवार्ड – लक्ष्मी पुरी, उत्कृष्ट धिमाल नृत्य निर्देशक अवार्ड- हिरा तामाङ, सर्वोत्कृष्ट नृत्य निर्देशक पब्लिक चोइस अवार्ड- मनाङ गुरुङ, सर्वोत्कृष्ट नृत्य निर्देशक जुरी अवार्ड- दिवस गिरी, सर्वोत्कृष्ट नृत्य निर्देशक अवार्ड – युवराज गुरुङ्ले प्राप्त गरेका थिए ।
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...
पोखरा: सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ । उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

