पोखरा महानगरका वडासदस्य पहारीसहित ४ जना ठगी मुद्धामा कारागार चलान

पाेखरा | पुस ६, २०८०

पोखरा महानगरका वडासदस्य पहारीसहित ४ जना ठगी मुद्धामा कारागार चलान

पोखरा:   पोखरा महानगरपालिका–६ का वडासदस्य दिपेन्द्र पहारीसहित ४ जना ठगी सम्बन्धी मुद्धामा ४ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । 


लेकसाइड फुट्ट्रयाकमा फोटोग्राफी गरे बापत विभिन्न किसिमबाट धम्काई फोटोग्राफी व्यवसायी दर्ता नगरी ठगी गरेको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले वडा सदस्य पहारीसहित ४ जनालाई ठगी मुद्धामा प्रकाउ गरेको थियो । 


प्रहरीले ठगी सम्बन्धी मुद्धामा वडासदस्य पहारीसहित, लेकसाइड बैदाम बस्ने ४१ वर्षीय विकास पहारी, २२ वर्षीय प्रवीन विश्वकर्मा, २४ वर्षीय अभिषेक परियार अप्पे भन्ने अभिषेक बराललाई प्रकाउ गरेको थियो । 


ठगी मुद्धामा प्रकाउ परेका ४ जनालाई ठगी, आपराधिक विश्वासघात तथा अपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्धामा अनुसन्धान गरी जिल्ला अदालत कास्कीमा मुद्धा पेश हुँदा पुर्पक्षको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


कास्की प्रहरीका अनुसार उनीहरुले लेकसाइड स्थित फुटट्रायकमा फोटोग्राफी गरेबापत धम्काई प्रति फोटोग्राफर साढे १३ हजार असुल गरि ठगी गर्दै आएका थिए ।  उनीहरु विरुद्ध १५ जना व्यक्तिहरुले जाहेरी दर्ता गरेका थिए ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्