पोखरामा लागूऔषधसहित बालक प्रकाउ

पाेखरा | पुस ३, २०८०

पोखरामा लागूऔषधसहित बालक प्रकाउ बालकको साथबाट प्रहरीले बरामद गरेको लागूऔषध

पोखरा:  पोखरातर्फ आउँदै गरेको सवारी चेकजाँच गर्नेमा प्रहरीले पोखरा पोखरा महानगरपालिका-३० पावरहाउसबाट एक बालकलाई लागूऔषधसहित प्रकाउ गरेको छ । 


वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीको टोलीले पोखरा-३० पावरहाउसमा सवारी चेकजाँच गर्ने क्रममा एक जना नाबालकलाई सोमबार लागूऔषधसहित प्रकाउ गरेको हो । 


प्रहरीले सवारी चेकजाँच गर्ने क्रममा बाराको सिम्रौनगढ नगरपालिका-८ बस्ने १७ वर्षीय बालकको साथबाट डाईजापाम ८० एम्पुल, फेनारगन ७२ एम्पुल, नुर्फिन ७७ एम्पुल,नाईट्रोभ्याट ५ सय ७० चक्की, १ हजार नगद र एक थान मोबाइल बरामद गरेको हो । 


लागूऔषधसहित प्रकाउ परेका बालकलाई जिल्ला अदालत कास्कीबाट ४ दिनको म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ । 

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् ।    गुरुङ चलचित्...

थप पढ्नुहोस्

इटहरी:     गोलीसहितको पेस्तोल र केही परिमाणमा  लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...

थप पढ्नुहोस्

पोखरा:     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्।   यसअन्तर्गत विहिब...

थप पढ्नुहोस्