सर्भर डाउन हुँदा चार दिनदेखि एनओसी वितरण रोकियो, हस्तलिखित दिने तयारी

काठमाडाैं | पुस २, २०८०

सर्भर डाउन हुँदा चार दिनदेखि एनओसी वितरण रोकियो, हस्तलिखित दिने तयारी

सर्भर डाउन हुँदा वैदेशिक अध्ययन अनुमति पत्र नो अब्जेक्सन लेटर (एनओसी) वितरण चार दिनदेखि रोकिएको छ।

 

विद्यार्थीहरूले समयमै एनओसी नपाएको भन्दै विरोध गरिरहेका छन्। भक्तपुरको सानोठिमीमा रहेको कार्यालयबाट एनओसी उपलब्ध गराउँदै आइएको थियो। गत शुक्रबार बिहानदेखि सर्भर डाउन हुँदा एनओसी वितरण हुन सकेको थिएन।

 

तीनरचार दिनदेखि सानोठिमीस्थित कार्यालय पुग्दा पनि एनओसी नपाएको भन्दै आइतबार विद्यार्थीहरूले प्रदर्शनसमेत गरेका थिए। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने सर्भर मर्मत कार्य भइरहेको बताएको छ।

 

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले सकेसम्म अनलाइनबाट र नभए हस्तलिखित रूपमा भने पनि सोमबारदेखि एनओसी वितरण गरिने सेतोपाटीलाई बताए। ‘सर्भर बन्दै छ, सफ्टवेयर रिकभर हुँदैछ। सकेसम्म अनलाइनबाट नभए आजदेखि हस्तलिखित भए पनि एनओसी वितरण गर्छौं,’ उनले भने।


गत शुक्रबार बिहान ६ बजे सर्भर डाउन भएको थियो। डाटा भरिएर सर्भर डाउन भएको थियो। कम्प्युटरको हार्डडिक्स परिवर्तन गर्न खोज्दा पहिलेका डाटा हराउँदा ती डाटा रिकभर गर्न समय लागेको थियो।

 

सर्भर बनेपछि सेवा सुरू गरिने भन्दै शिक्षा मन्त्रालय अन्तर्गत उच्च शिक्षा शाखाले सूचना टाँस गरेको थियो। तर भिसा तयारी गरेका तथा भिसा लागेर गन्तव्यका लागि उड्ने तयारी गरिरहेका विद्यार्थीहरूले भने छिटो एनओसी उपलब्ध गराउन माग गरेका थिए।


 

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्