टिपरको ठक्करबाट प्युठानका दुई युवाको मृत्यु
दाङ | मंसिर ३०, २०८०
दाङ: दाङमा टिपरको ठक्करबाट प्युठानका दुई युवाको मृत्यु भएको छ ।
तुलसीपुरबाट घोराही जाँदै गरेको रा १ क १३०७ नम्बरको टिपरले रा २ प ५५८९ नम्बरको मोटरसाइकललाई गएराति घोराही–१० झारबैरा चोकमा ठक्कर दिँदा दुई युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट घाइते भएका प्युठानको झिमरुक गाउँपालिका–४ बाङ्गे बस्ने १७ वर्षका विशाल जिसी र नौबहिनी गाउँपालिका–लुङका १८ वर्षका सागर केसीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी जनकबहादुर मल्लले जानकारी दिए ।
टिपर चालक रोल्पा रुन्टीगढी–९ का २६ वर्षका ईश्वर बुढालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

