माेटरसाइकल अनियन्त्रित भइ पल्टिँदा दुई जनाकाे ज्यान गयाे, एक जना घाइते
धनुषा | मंसिर २९, २०८०
धनुषामा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । तीनजना चढेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ज्यान गुमाउनेमा धनुषा कमला नगरपालिका–८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका–१ का ३० वर्षीय जयकुमार सहनी रहेका जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवालेले जानकारी दिनुभयो । उहाँका अनुसार त्यही मोटरसाइकलमा रहेका जनकपुरधाम उपमहानगरपालिका–१२ का शत्रुधन सहनी गम्भीर घाइते भएका छन् ।
सहनीको जनकपुरधाममा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डौको न्युरो अस्पताल सिफारिस गरिएको अवालेले जानकारी दिनुभयो ।
आज बिहान जनकपुरधामबाट ढल्केबर जाँदै गरेको प्रदेश २–०२–००२प ४०९२ नम्बरको मोरसाइकल लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीमा अनियन्त्रित भएर दुर्घटना भएको हो ।
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

