पोखरा स्पोटर्स अवार्डको मनोनयन सार्वजनिक
पाेखरा | असार १२, २०७९
पोखरा : नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशको आयोजनामा यही असार १८ गते पोखरामा हुन लागेको छैटौँ संस्करणको ‘पोखरा स्पोटर्स अवार्ड–२०७८’ को मनोनयन सार्वजनिक गरिएको छ ।
मञ्चले शनिबार चार विधाका उत्कृष्ट तीन मनोनयन सार्वजनिक गरेको हो । खेलाडी तथा खेल क्षेत्रको विकासका लागि खेलाडीले गरेको प्रदर्शनका आधारमा मञ्चले अवार्ड वितरण गर्दै आएको छ । पछिल्लो एक वर्षका अवधिमा आफ्नो प्रतिभा प्रदर्शनका आधारमा विभिन्न विधामा अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले बताउनुभयो ।
सार्वजनिक गरिएको मनोनयनअनुसार वर्ष खेलाडी पुरुषमा ब्याडमिन्टनका विधान अधिकारी, करातेका बुद्ध लामा र टेनिसका प्रदीप खड्का उत्कृष्ट तीनमा पर्न सफल हुनुभएको छ । वर्ष खेलाडी महिलामा भलिबलका अरुणा शाही, क्रिकेटका मनिषा उपाध्याय र करातेका सरगम कुमाल उत्कृष्ट तीनमा पर्नुभएको छ ।
उदियमान खेलाडी विधामा टेनिसका दर्शिल श्रेष्ठ, क्रिकेटका श्रृष्टि जैशी र बक्सिङका शाहिल लिम्बू उत्कृष्ट तीनमा छानिनुभयो । उत्कृष्ट प्रशिक्षक विधामा क्रिकेटका रिजन प्रजु, तेक्वान्दोकी रेकमाया गुरुङ र टेनिसका नीरज थापा उत्कृष्ट तीनमा पर्न सफल भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिनुभयो ।
पोखरा स्पोर्टस् अवार्डमा प्रतिभा छनोट गर्न मञ्चले प्रतिभा छनोट उपसमिति गठन गरेको थियो । मञ्चका पूर्वअध्यक्ष विनोद लामिछानेको संयोजकत्वमा गठित समितिको सहसंयोजकमा सन्देश श्रेष्ठ र सदस्यमा विजय नेपाल रहनुभएको थियो ।
समितिले छनोट गरेकामध्ये वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी र उत्कृष्ट प्रशिक्षक विधामा उत्कृष्ट तीन मनोनयन सूची सार्वजनिक गरिएको हो । कूल सात विधामा अवार्ड वितरण गरिनेमा लाइफ टाइम अचिभमेन्ट अवार्ड, उत्कृष्ट खेलसङ्घ र उत्कृष्ट पत्रकारिता विधाको अवार्डको घोषणा पछि सार्वजनिक गर्ने महासचिव पौडेलले बताउनुभयो ।
पोखरा स्पोर्टस् अर्वाडअन्तर्गत वर्ष खेलाडी पुरुष र महिलाले इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कारस्वरुप प्राप्त गर्नेछन् । वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद सङ्घ, उत्कृष्ट खेल पत्रकारलाई नगद रु ३५ हजारको साथमा ट्रफी प्रदान गरिने मञ्चले जनाएको छ । यसैगरी लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्ने व्यक्तिलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ ।
अवार्ड कार्यक्रमलाई भव्य बनाउन विभिन्न समिति तथा उपसमितिमार्फत कामलाई तीव्रता दिइएको मञ्चले जनाएको छ । मञ्चले विसं २०७२ देखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...
गण्डकी: ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...
तनहुँ: मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

