सती कथा संग्रहको विमोचन
काठमाडाैं | मंसिर २४, २०८०
कस्केली अधिकृत समाजका आजीवन सदस्य साहित्यकार रामचन्द्र आचार्य(आरसी) को कथासंग्रह ‘सती’ विमोचन गरिएको छ ।
कस्केली अधिकृत समाजद्वारा शनिबार आयोजित एक कार्यक्रमका बीच नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको विमोचन गर्नुभएको हो । कार्यक्रममा पूर्व कुलपति सरुभक्तले कृतिका स्रष्टा आचार्यलाई आख्यानकारका रुपमा उदाएको चित्रण गर्नुभयो । समाजका विविधता कथामा प्रस्तुत भएको उहाँको भनाइ छ ।
कृतिको टिप्पणी गर्दै विन्दुवासिनी संस्कृत विद्यापीठ पोखराका प्राचार्य प्रा.डा.जगन्नाथ रेग्मीले कथाहरूमा सामाजिक यथार्थता प्रस्तुत भएको बताउनुुभयो । समाजिक यथार्थता, भोगाई लगायत जीवनका विभिन्न परिवेशलाई कथाहरूमा चित्रण गरिएको उहाँले बताउनुुभयो ।
कस्केली अधिकृत समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीको अध्यक्षता एवम् सचिव महेश पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा अन्तराष्ट्रिय नेपाली साहित्य समाजका गण्डकी प्रदेश अध्यक्ष एवम् कस्केली अधिकृत समाजका सल्लाहकार दुुर्गाबहादुर शाह(बाबा), सचिव असफल गौतम, पाज्ञ हरिदेवी कोइराला, कृतिका स्रष्टा रामचन्द्र आचार्य(आरसी) लगायतले बोल्नुुभएको थियो ।
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

