किशोरीलाई करणीको प्रयास गरेको आरोपमा मल्ल प्रकाउ, अनुसन्धान जारी

पाेखरा | असार ११, २०७९

किशोरीलाई करणीको प्रयास गरेको आरोपमा मल्ल प्रकाउ, अनुसन्धान जारी


पोखरा :       जिल्ला प्रहरी कार्यालय कास्कीले १८ वर्षकी एक किशोरीलाई करणी प्रयास गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखराको न्यूरोडस्थित मल्ल फर्निचरका सञ्चालक श्याम मल्ल रहेका छन् ।

 

कास्की प्रहरीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार मल्लले किशोरीलाई यौन दुव्र्यवहार गरेको उजुरीका आधारमा पक्राउ गरिएको र उनीमाथि अनुसन्धान भइरहेको छ ।

 

पीडित किशोरीका अनुसार मल्लले गत कात्तिकमा फिल्ममा खेलाउने भन्दै होटलमा लगेर बलात्कार प्रयास गरेका थिए । त्यस दिन राति पीडित किशोरी होटल कोठाको बाथरुममा लुकेर बच्न सफल भएकी थिइन् ।

 

त्यसपछि पनि मल्लले किशोरीलाई फेसबुक म्यासेञ्जरमा एसएमएस गर्ने, फोन गरेर ललाईफकाइ गर्दै आएका थिए ।

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्