बागलुङमा गण्डकी प्रदेश खुल्ला पालिकास्तरीय पुरुष भलिबल हुने, उपाधि राशि १ लाख ५१ हजार
बाग्लुङ | मंसिर १९, २०८०
फाइल तस्बिर
बागलुङ: बागलुङमा गण्डकी प्रदेश खुल्ला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
बागलुङ उद्योग वाणिज्य संघले आगागी पुस ११ देखि २१ गतेसम्म आयोजना गरेको बागलुङ महोत्सव–२०८० को अवसरमा गण्डकी प्रदेश खुल्ला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो ।
धवलागिरी बहुमुखी क्याम्पसको प्राङ्गणमा हुने बागलुङ महोत्सवमा गण्डकी प्रदेश खुल्ला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने पालिकाले १ लाख ५१ हजार १ सय ११, द्धितीय हुनेले १ लाख १ हजार १ सय ११ तृतीय हुनेले ५१ हजार १ सय ११ र सात्वना हुनेले २५ हजार १ सय ११ रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
विधागत पुरस्कारतर्फ बेष्ट सेटर, बेष्ट स्पाइकर, बेष्ट सर्भर, बेष्ट ब्लकर, बेष्ट डिफेन्डर (लिबेरो) र उत्कृष्ट खेलाडीले नगद ५/५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
गण्डकी प्रदेश खुल्ला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता व्यवस्थापन उपसमितिका सदस्य किशोर थापाले महोत्सव पुस ११ देखि सञ्चालन भएपनि पुरुष भलिबल प्रतियोगिता १४ गतेदेखि मात्र सुरु हुने जानकारी दिए । भलिबल प्रतियोगितामा क्वाटरफाइनलमा प्रवेश गर्ने टिमलाई दैनिक ५ हजार भत्ता उपलब्ध गराउने थापाले बताए । भलिबलमा सहभागि हुने एक समूहलाई ५ हजार रुपैयाँ दर्ता शुल्क कायम गरिएको छ ।
‘पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार, समुन्नत बागलुङ निर्माणको आधार’ गण्डकी प्रदेश स्तरीय पर्यटन कृषि तथा औद्योगिक व्यापार मेला एवं बागलुङ महोत्सव–२०८०को मुख्य आर्कषणमा गण्डकी प्रदेश खुल्ला पालिका स्तरीय पुरुष भलिबल आयोजना गरेको बागलुङ उद्योग वाणिज्य संघले जनाएको छ ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

