राउटेका मुखिया शाहीले केपी ओलीलाई दिए कोसी उपहार
काठमाडाैं | मंसिर १९, २०८०

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोपोन्मुख फिरन्ते राउटे समुदायका मुखिया सूर्यप्रकाश शाहीले कोसी उपहार दिएका छन् । कोसी सो समुदायले आफ्नो जीविकोपार्जनका लागि बनाउँदैं आएको काठको सामग्री हो ।
‘झुलाघाट चिवा भञ्ज्याङ, समृद्धिका लागि सङ्कल्पयात्रा’ अभियानका क्रममा सोमबार दैलेख जिल्लाको गुराँसे गाउँपालिकामा प्रवेश गर्ने क्रममा मुखिया शाहीले अध्यक्ष ओलीलाई कोसी उपहार दिएका हुन् ।
उपहार ग्रहणपश्चात एमाले अध्यक्ष ओलीले आफूले लगाएको फूलको माला फुकालेर राउटे मुखिया शाहीलाई लगाइदिँदै भने, ‘राउटे समुदायको अस्तित्व बचाएर जीविकोपार्जन सहज बनाउन, शिक्षा स्वास्थ्यमा सहज पहुँच पुर्याउन तथा नीतिगत कार्यक्रम बनाएर सहयोग गर्न एमाले तयार छ ।’
स्वागत कार्यक्रममा राउटे मुखिया शाहीले आफ्नो समुदायको पुख्र्यौली पेसा नै सङ्कटमा पर्दै गएका कारण बाँच्न समस्या भएको दुःखेसो पोख्दै भने, ‘हामीलाई जङ्गल बस्न समस्या छ । हाम्रो समस्या बुझ्ला ९बुझ्नुहोला० भनेर तपाईँ पूर्व प्रधानमन्त्री केपी ओलीज्यूलाई भेट्न आयाको (आएको) । अध्यक्ष ओलीज्यू काठमाण्डु गया, मुगु रारा गया, सुर्खेत गया, हामीकन पनि मस्तै (धेरै) सहयोग गर्या ।
पोखरा: पोखरा महानगरपालिका न्यूरोडस्थित गुरुङ गहना पसल प्रालिका सञ्चालिका सिमा गुरुङको जन्मदिनमा आयोजित खुल्ला रक्तदानमा १ सय १४ युनिट रगत संकलन भएको छ । व्यवसायसँगै सामाजिक क्षेत्रमा क्रियाशिल गुरु...
पोखरा: प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले मिडियामा आदिवासी जनजातिको समावेशिता आवश्यकता अपरिहार्य रहेको बताए । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औं स्थापना दि...
पोखरा: पोखरा महानगरपालिकाका विभिन्न स्थानमा आभूषण निर्माण व्यवसाय गर्दै आएका ११ जना भारतीय नागरिकलाई “सुनचाँदीको अवैध कारोबारमा संलग्न” भएको आरोपमा कास्की प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रत...