मलेसियाबाट फर्केपछि रवि लामिछाने कतार र बेलायत जाने
काठमाडाैं | मंसिर १८, २०८०

महोत्तरीको जलेस्वरमा तीन दिन केन्द्रीय समिति बैठक राखेर राजनीतिक, वैचारिक यात्रा तय गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास दौडाहामा निस्किएको छ।
सभापति रवि लामिछाने, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी र सहकोषाध्यक्ष दीपक बोहरालगायत प्रवास दौडाहामा छन्। ६ महिनाअघि मलेसियामा मृत्यु भएका जुम्लाका मयलाल परियारले छातीमा आफ्नो अनुहार भएको ट्याटु खोपाएको र त्यो घटनाले आफूलाई पिरोलेको उनले बताएका थिए। त्यही घटनाकै कारण आफूले मलेसियाबाट अभियान थालेको उनको भनाइ थियो।
‘आजभन्दा केही महिनाअघि एक जना श्रमिक, उहाँको पार्थिव शरीर यहीँ कतै भेटियो। उहाँको नाम हो, मयलाल परियो। समाचारबाट थाहा भयो– उहाँको छातिमा मेरो अनुहार भएको ट्याटु खोपिएको रहेछ। मलाई थाहा छैन, उहाँले कुन आशा र अपेक्षाले छातीमा तस्बिरको ट्याटु खोप्नुभयो। त्यो दृश्य देखेपछि मेरो मन, मुटुमा त्यो चित्र खोपिएको छ,’ लामिछानेले भने।
उनले आफू टेलिभिजनकर्मी हुँदा पनि वैदेशिक रोजगारीमा दुःख पाएका श्रमिक, मजदुरको समस्या देखाएको र अहिले पनि त्यसैलाई केन्द्रमा राखेर काम गर्ने बताए। सभापति लामिछानेले आफू राजनीतिमा आउनुको एउटा मुख्य कारण, विदेशमा रहेका नेपाली भएको बताएका छन्।
‘अवसर र रोजगारको लागि विदेश जानुपर्ने बाध्यता, जीविकोपार्जनकै लागि विभिन्न मुलुकमा दुख–कष्ट सहनुपर्ने परिस्थिति र स्वाभिमानमै चोट लाग्ने गरी झुक्नु पर्ने हाम्रो नियति परिवर्तन हुनुको सट्टा बढिरहेको छ। म राजनीतिमा आउनुको एउटा मुख्य कारण, विदेशमा रहेका नेपाली पनि हुन्,’ उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् पनि उल्लेख गरेका छन्।
िरास्वपा उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले पनि मलेसियाबाट अभियान सुरू भएको र अन्य देशमा पनि विस्तारै कार्यक्रम जोडिँदै जाने बताए।
प्रवासी नेपाली सम्पर्क समिति, मलेसियाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन दुई दिनअघि त्यहाँ पुगेका सभापति लामिछाने मंगलबार स्वदेश फर्कंदैछन्। उनी बिहीबार कतार जाने कार्यतालिका रहेको अर्यालले बताए। ‘प्रवासमा रहेका नेपालीहरूलाई धन्यवाद दिन जाने कार्यक्रम यसअघि नै तय गरिएको हो। तर सदन, पार्टीको कामले समय मिलिरहेको थिएन। अहिले अनुकूल मिलेर प्रवास समितिहरूलाई वैधानिकता दिने, भेटघाटमा सरिक हुने गरी कार्यक्रम राखिएको हो,’ उनले भने।
बिहीबार कतार जान लागेका सभापति लामिछाने त्यहीँबाट बेलायत जाने तयारी रहेको पनि अर्यालले जानकारी दिए। रास्वपाको ३० बढी देशमा प्रवास समिति बनेको पनि उनले बताए। ‘स्वःस्फूर्तरूपमा समिति गठन गर्नुभएको छ। त्यसलाई वैधानिकता पनि दिनुछ,’ अर्यालले भने।
केन्द्रीय प्रवास नेपाली सम्पर्क विभागको प्रमुख अर्याल आफैं हुन्। केन्द्रमा यसको ११ सदस्यीय समिति छ। प्रवासमा पनि ११ सदस्यीय नै समिति रहने उनले बताए। ‘केन्द्रमा यसको कार्यविधि तयार भएको छ। त्यो पनि पारितको प्रक्रियामै छ। यही कार्यविधिमा टेकेर हामी प्रवासमा संगठन विस्तार गर्छौं,’ उनले भने।
काठमाडौं: सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप स...
सुनसरी: सप्तकोसी नदीमा उद्धार तालिमको क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान सुरज साउदको शव फेला परेको छ। उनको शव कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकै शनिवार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ...
काठमाडौं: नागढुंगा–नौबिसे सडक खण्डमा सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ । सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ गतेदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुङ्गा&ndas...