मधेश प्रदेशलाई केपी ओली कप टी-२० क्रिकेटको उपाधि

हरिशंकर सर्वोत्कृष्ट, रित र सन्दीप उत्कृष्ट

पाेखरा | मंसिर १५, २०८०

मधेश प्रदेशलाई केपी ओली कप टी-२० क्रिकेटको उपाधि

पोखरा:    पोखरामा सम्पन्न भएको केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ । 


पोखरा रंगशालामा भएको फाइनल खेलमा मधेश प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै केपी ओली कप टी– त्रिकेट प्रतियोगिताको उपाधि जितेको हो । उपाधि जितेको मधेश प्रदेशले ५ लाख पुरस्कार पायो भने, उपविजेता भएको त्रिभुवन आर्मी क्लबले २ लाख ५० हजार पुरस्कार प्राप्त ग¥यो ।


मधेश प्रदेशले दिएको १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले २० ओभरमा ७ विकेट बनाउँदै १ सय २४ मात्र बनाउन सक्यो । आर्मीका लागि विवेक यादव २५ र सोमपाल कामी १६रनमा अविजित रहे । 


आर्मीका कप्तान विनोद भण्डारीले ३२, सन्तोष कार्कीले १६, रोहित पौडेलले ५, राजेश बुढामगरले ३, बसिर अहमदले २, भीम सार्कीले २२ रन बनाएर आउट भए ।


बलिङतर्फ मधेसका कप्तान हरिशंकर शाहले सर्वाधिक ४ विकेट लिए । ४ ओभर बलिङ गरेका शाहले १९ रन खर्चेर ४ विकेट लिएका हुन् । प्रदीप पासवान २ र प्रतीक यादव १ विकेट लिए ।


यसअघि पोखरा रंगशालास्थित क्रीकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो । मधेसका विशाल पटेलले ४९, कप्तान हरिशंकर शाहले २७, अनिल शाह ६, इम्रान शेखले ८, पवन सराफले ९, हिमान्सु दत्तले १४, विशाल सुस्लिङले १०, प्रदीप पासवानले ४, मायन यादवले ३ रन बनाएका थिए ।


बलिङतर्फ आर्मीका साहब आलम र विवेक यादवले सर्वाधिक ३–३, सोमपाल कामी र बसिर अहमदले १–१ विकेट लिए ।मधेशले समूह चरणमा पुलिसलाई नेटरनरेटले पछि पार्दै सेमिफाइनल खेलेको थियो ।


सेमिफाइनलमा नेपाल एपिएफ क्लबलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । मधेशले कुनैपनि प्रतियोगिता जितेको यो पहिलो पटक हो । देश प्रदेश संरचनामा गएपछि मधेशले यसअघि कुनैपनि प्रतियोगिता फाइनल समेत खेल्न सकेको थिएन ।


हरिशंकर सर्वोत्कृष्ट, रित र सन्दीप उत्कृष्ट


मधेश प्रदेशका कप्तान हरिशंकर शाह केपी ओली कपमा सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट) घोषित भएका छन् । आर्मीलाई फाइनलमा ११ रनले हराउन सानदार अलराउन्ड प्रदर्शन गरेका हरिशंकर सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् ।ख सर्वोत्कृष्ट बापत उनले ३५ हजार प्राप्त गरे ।


बागमती प्रदेशका कप्तान सन्दीप लामिछाने प्रतियोगिता उत्कृष्ट बलर चुनिए । सन्दीपले ३ खेलमा १० विकेट लिएका थिए । उता रित गौतम प्रतियोगिता उत्कृष्ट ब्याटर चुनिए । रितले तीन खेलमा २ अर्धशतकसहित कुल १ सय ७० रन बनाएका थिए । रित र सन्दीप दुबैले समान २० हजार रुपैयाँ प्राप्त गरे  ।

मनाङ:   मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा निकासी भएको छ ।   अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई मनाङका ...

थप पढ्नुहोस्

काठमाडौँ:    देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।   जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधार...

थप पढ्नुहोस्

एजेन्सी:   आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो।   ...

थप पढ्नुहोस्