बाल विवाह रोक्न सबैको सामूहिक प्रयास आवश्यक : स्वास्थ्य मन्त्री

सिन्धुपाल्चोक | मंसिर १४, २०८०

बाल विवाह रोक्न सबैको सामूहिक प्रयास आवश्यक : स्वास्थ्य मन्त्री

सिन्धुपाल्चोक, मङ्सिर १४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले बाल विवाह रोक्न सबैको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएको छ ।

 

बुधबार सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ धुस्कोट स्थित भिमसेन माध्यमिक विद्यालयको ४३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै स्वास्थ्य मन्त्री बस्नेतले बाल विवाहका कारण युवायुवतीको पढाई लेखाईमा बाधा पुग्नुका साथै उनीहरुले आत्मनिर्भर भएर जिवन निर्वाह गर्न समेत बाधा पुगिरहेकोले बाल विवाह रोक्न सबै लाग्नु पर्नेमा जोड दिनुभएको हो ।

 

भिमसेन माध्यमिक विद्यालयका प्रधानाध्यापक हिरा लामाले धुस्कोट क्षेत्रमा अहिले पनि बाल विवाह प्रमुख समस्याको रुपमा रहेको र हालै मात्र विद्यालयमा अध्ययनरत आठ जनाले बाल विवाह गरेको जानकारी गराए पछि स्वास्थ्य मन्त्री बस्नेतले बाल विवाह रोक्न विद्यालयको एक्लो प्रयासले मात्र नसकिनेमा जोड दिनुभयो ।

 

कार्यक्रममा उपस्थित अभिभावकहरुलाई सम्बोधन गर्नुहुँदै मन्त्री बस्नेतले भन्नुभयो, ‘‘बाल विवाह अन्त्य गर्न विद्यालयले मात्र सक्दैन । यसका लागि प्रत्येक अभिभावक पनि सचेत हुनु पर्छ । आफ्ना छोराछोरीका गतिविधि निगरानी गर्नु पर्छ र समाजमा यसका विषयमा जनचेतना विस्तार गर्नु अझै आवश्यक छ ।’’

 

आफुले ४१ वर्षको उमेरमा विवाह गरेको स्मरण गर्नुहुँदै सानै उमेरमा विवाह गर्दा पढाईका साथै करिअर नै ध्वस्त भएका थुप्रै उदारहण समाजमा भएको मन्त्री बस्नेतले बताउनुभयो । सिन्धुपाल्चोकलाई देशकै पहिलो साक्षर जिल्ला बनाउनमा आफ्नो ठूलो योगदान गरेको दाबी गर्नुहुँदै मन्त्री बस्नेतले ३२ वर्षसम्म आफ्नो पहलमा सिन्धुपाल्चोकका साढे १४ हजारभन्दा बढी विद्यार्थीहरुलाई वर्षौसम्म कोचिङ पढाएर शिक्षाको स्तर उकास्ने काम गरेको बताउनुभभयो ।

 

कक्षा १२ सम्म निःशुल्क पढ्न पाउनु पर्छ भन्ने अभियानलाई देशव्यापी बनाउन सिन्धुपाल्चोकका त्रिपुरासुन्दरी, बाह्बिसे र भोटेकोशी गाउँपालिकाबाट निःशुल्क पढाउने कामको सुरुवात भइसकेको जानकारी समेत बस्नेतले दिनुभयो । कुनै पनि नेपालीले पैसाको अभावमा उपचार सेवा पाउनबाट बञ्चित हुन नपर्ने उद्घोषका साथ स्वास्थ्य मन्त्रीका हैसियतले आफु लागि रहेको बताउनुहुँदै मन्त्री बस्नेतले ६ महिनामा स्वास्थ्य क्षेत्रमा धेरै सुधारका काम भएको दाबी गर्नुभयो । उहाँले गफ गर्ने तर काम नगर्ने नेतालाई मतदान गरेर जिताउनु भन्दा काम गर्ने र जनताका सुखदुःखमा साथ दिने नेतालाई जिताए पठाउन सल्लाह दिए ।

 

भिमसेन माध्यमिक विद्यायलयको खेल मैदान निर्माणका लागि व्यक्तिगत रुपमा मन्त्री बस्नेतले ५१ हजार सहयोग गर्ने आश्वासन दिनुभयो । कार्यक्रममा पूर्व गृह राज्यमन्त्री विष्णुविक्रम थापाले स्वास्थ्य मन्त्री बस्नेतले मन्त्री भएको बेला मात्र नभएर मन्त्री नभएको बेला समेत शिक्षा र स्वास्थ्यमा ठूलो योगदान गरेको स्मरण गर्दै बस्नेत जस्तो नेता पाउनु सिन्धुपाल्चोकका लागि गर्वको विषय भएको बताउनुभयो ।

 

गाउँपालिकाका उपाध्यक्ष सरु लामाले खेल मैदान निर्माणका लागि आफुले व्यक्तिगत रुपमा दुई महिनाको पारिश्रमिक उपलब्ध गराएको बताउनुहुँदै बाल विवाह अन्त्य गर्नका लागि पालिकाले अभियान नै चलाउने बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यक हिरा लामाले विद्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । विद्यालयको विकासमा योगदान पुर्‍याएका अभिभावक र उकृष्ण अङ्क ल्याएर एसईई उतिर्ण गरेका विद्यार्थीहरुलाई स्वास्थ्य मन्त्री बस्नेतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्