पत्रकार त्रिभुवन पौडेल अक्षयकोषमा राईले दिए १ लाख
पाेखरा | मंसिर १२, २०८०

नेपाल पत्रकार महासंघ गण्डकीका पूर्व अध्यक्ष तथा तत्कालीन केन्द्रिय सदस्य स्व.त्रिभुवन पौडेलको स्मृतिमा स्थापना भएको अक्षयकोषमा उनका पूर्व सहकर्मी रामचन्द्र राईले १ लाख सहयोग गरेका छन् । राईले स्व.पौडेलको निधन भएको १३ दिनमै उक्त रकम सहयोग गर्ने घोषणा गरेका थिए ।
राईकी छोरी प्राप्ती राई र पत्रकार अपिल त्रिपाठीले उक्त रकमको चेक महासंघका प्रदेश महासचिव गोविन्द सुवेदीलाई हस्तान्तरण गरेका हुन् । महासंघ गण्डकीले उक्त अक्षयकोष स्थापना गरेको हो । महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले पौडेलको सक्रियता र सकारात्मकता सबै पत्रकारका लागि प्रेरणा भएको बताइन् ।
पौडेलको स्मृतिमा त्रिभुवन पौडेल स्मृति प्रतिष्ठान पनि गठन भएको छ । अक्षयकोषको रकम पत्रकारिताको विकासमा प्रयोग गरिने महासंघका महासचिव सुवेदीले बताए । राईले अक्षयकोषको विस्तारका लागि आफुले सुरुआत गरेको बताए ।
पौडेलको गत माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा निधन भएको थियो । कोषमा हालसम्म साढे ४ लाख भन्दा बढी संकलन भैसकेको छ ।
तनहुँ: तनहुँका स्थानीय तहले एक वर्षमा १५ किलोमिटर सडक कालोपत्र गरेका छन् । गत आर्थिक वर्षमा जिल्लाका छ गाउँपालिकाले १५ दशमलव ६२ किलोमिटर सडक कालोपत्र गरेका हुन् । त्यस्तै ती पालिकाले ३८ दशमलव ५५ किलोमिटर सडकक...
काठमाडौं: नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरस्थित एक होटलमा बस्नेछ । बैठकमा यही असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका एजेण्डाबारे छलफल हुने ...
काठमाडौं: ओमानमा जारी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराउँदै विजयी सुरुवात गरेको छ। यो जितसँगै नेपालले सुपर–६ मा प्रवेश गर्ने...