केपी ओली टी–२० क्रिकेट: बागमती सेमिफाइनलमा प्रवेश

पाेखरा | मंसिर ८, २०८०

केपी ओली टी–२० क्रिकेट: बागमती सेमिफाइनलमा प्रवेश तस्वीर: उमेश पुन

पोखरा:  पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै बागमती प्रदेशले सेमिफाइनल प्रवेश गरेको छ । 


बागमती प्रदेशले केपी ओली टी–२० कपमा कर्णाली प्रदेशलाई ९० रनले हराउँदै सेमिफाइनल स्थान पक्का गरेको हो ।  बागमतीले समुह ए मा दुबै खेलमा जितका साथ सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो खेलमा बागमती प्रदेशले मदन भण्डारी स्पोर्टस क्लब (रातो)लाई पराजित गरेको थियो । 


जितको लागि १ सय ९० रनको विशाल विजयी लक्ष्य पछ्याएको कर्णाली प्रदेश १७.३ ओभरमा ९९ रनमा अल आउट भयो । कर्णालीका अर्जुन घर्तीले २३ बलमा ३ चौकासहित सर्वाधिक २४ रन बनाए ।


कप्तान रविन्द्रजंग साहीले २०, विपिन शाही २१ र दिपेन्द्र रावतले १२ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।


बागमतीका कप्तान सन्दीप लामिछानेले ३.३ ओभरमा ९ रन खर्चेर ४ विकेट लिए । दिपेश श्रेष्ठले २ , प्रतिश जिसि, रिजन ढकाल, सुवास खत्री र ईशान पान्डेले १(१ विकेट लिए ।


त्यसअघि पोखरा क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो ।


बागमतीको जितमा ओपनर रित गौतमले ५९ बलमा १० चौका र २ छक्कासहित सर्वाधिक ८२ रन बनाएका थिए


रितले पहिलो खेलमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी रेडविरुद ७४ रन बनाएका थिए । उनले सुरुवाती दुबै खेलमा अर्धशतक प्रहार गरेका हुन् ।


दोस्रो विकेटका लागि रित र इशानले १ सय ४३ रनको साझेदारी गरेका थिए ।


नेपाली टोलीबाट खेली सकेका इशान पाण्डेले ३८ बलमा ४ चौका र ६ छक्कासहित ७० रनको उत्कृष्ट इनिङ खेलेका थिए ।


ओपनर शुभ कान्सकार १२ बलमा ४ रन बनाउदै आउट भएका थिए । त्यसपछि ईशान र रितको साझेदारीले इनिङ उकासेका थिए ।


प्रतिश १२, प्रतीक श्रेष्ठ ७ र सन्दीप लामिछाने डक आउट भए ।


कर्णालीका दिनेश अधिकारीले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिएका थिए । दिवान पुन र अनुज चनाराले एक एक विकेट लिए ।


बागमतीले सेमिफाइनलमा मंसिर १४ मा समूह डि को विजेतासँग खेल्नेछ । समूह डि मा आर्मी, कोशी प्रदेश र मदन भन्डारी स्पोर्ट्स एकेडेमी ब्लु छन् ।

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्

पोखरा:   ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...

थप पढ्नुहोस्

काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

थप पढ्नुहोस्