त्रिशक्ति समाज सेवाको साँस्कृतिक कार्यक्रम, इन्फ्लेमको कन्सर्टमा झुम्यो सिम्पानी

पाेखरा | मंसिर ५, २०८०

त्रिशक्ति समाज सेवाको साँस्कृतिक कार्यक्रम, इन्फ्लेमको कन्सर्टमा झुम्यो सिम्पानी

पोखरा:  टुबोर्गको मुख्य प्रायोजनमा त्रिशक्ति समाज सेवा क्लबले सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ  ।

 

शुभ दिपावलीको अवसरमा क्लबले आयोजना गरेको दोस्रो संस्करणको देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम  सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका १ का वडाध्यक्ष शाहारा प्रधानले गरे  । 

 

 

कार्यक्रमको उद्घाटन पछि बोल्दै वडाध्यक्ष प्रधानले क्लबले सामाजिक क्रियाकलापसँगै वडाको विकासमा सहयोग पुर्‍याएको बताए ।

 

उनले सामाजिक क्रियाकलापलाई निरन्तरता दिनुपर्ने सुझाव दिदै क्लबको सकरात्मक कार्यमा सधै साथ र सहयोग गर्ने धारणा राखे । 


यस्तै विभिन्न समुदायको कला संस्कृति जगेर्ना उद्देश्यले हरेक वर्ष सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको क्लबका सहसचिव प्रविण सुवेदीले जानकारी दिए ।


उनका अनुसार सो कार्यक्रममा तमु, मगर, तामाङ, थकाली लगायत समुदायमा प्रचलित नृत्यहरु प्रस्तुत गरिएको थियो । सो कार्यक्रममा क्रिस्टल क्लजले नृत्यहरु र द इन्फ्लेम ब्याण्डले लाइभ कन्सर्ट प्रस्तुत गरेको थियो । कार्यक्रमकाबीच आर्थिक सहयोगीदाताहरुलाई  सम्मानसमेत गरिएको थियो ।

 

 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्