भिपिएन र डिएनएस प्रयोगले आर्थिक दुरूपयोगका घटना बढिरहेको छ: साइबर ब्युरो

काठमाडाैं | मंसिर ५, २०८०

भिपिएन र डिएनएस प्रयोगले आर्थिक दुरूपयोगका घटना बढिरहेको छ: साइबर ब्युरो

काठमाडौं:    नेपाल प्रहरीको साइबर ब्युरोले भिपिएन र डिएनएस प्रयोगले आर्थिक दुरूपयोगका घटना बढिरहेको बताएको छ।


मंगलबार एक विज्ञप्ति जारी गर्दै उपनिर्देशक एवं प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले भिपिएन र डिएनएस असुरक्षित र अवैध भएको जनाएको हो। 


‘पूर्ण रूपमा प्रसारणमा बन्देज लगाएको सामाजिक सञ्जाल टिकटक, भिपिएन र डिएनएसजस्‍ता असुरक्षित अवैध माध्यमबाट सञ्चालनमा छ भन्ने सूचना प्राप्त हुन आएको छ,’ विज्ञप्तिमा भनिएको छ।


यसको प्रयोगले प्रयोगकर्ताको डिभाइसमा पहुँच पुर्‍याएर आर्थिक दुरूपयोग समेत हुनसक्ने ब्युरोले जनाएको छ।


‘महत्वपूर्ण डाटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणहरूको पहुँच पुर्‍याएर चोरी भई आर्थिक दुरूपयोगका घटना साइबर सुरक्षाको दृष्टिकोणले बढिरहेको पाइएको छ,’ ब्युरोले भनेको छ।


यसको प्रयोगले कति जनाको आर्थिक दुरूपयोग वा डाटा चोरी भएको भन्नेबारे ब्‍युरोले विज्ञप्तिमा खुलाएको छैन।


गैरकानुनी कुरा संप्रेषण गर्ने, चरित्रहत्या गर्ने, सार्वजनिक नैतिकता, जातीय, भाषिक, धार्मिक सद्भाव खलबल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायत दुष्प्रभाव सिर्जना गर्ने गतिविधि समेत टिकटकको माध्यमबाट हुने ब्युरोले बताएको छ। 

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्

पोखरा:   ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...

थप पढ्नुहोस्

काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

थप पढ्नुहोस्