नेकपा एमालेकाे ८ सय ८५ प्रशिक्षक तयार

काठमाडाैं | कात्तिक २६, २०८०

नेकपा एमालेकाे ८ सय ८५ प्रशिक्षक तयार

काठमाडौँ:  नेकपा एमाले केन्द्रीय पार्टी स्कुल विभागको १७ औं बैठकले पार्टीको प्राथमिक तहको पाठ्यक्रम स्वीकृत गरेको छ । 

 

उपमहासचिव समेत रहेका स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीको अध्यक्षतामा सम्पन्न बैठकले प्राथमिक तहको पाठ्यक्रम स्वीकृत गर्नुका साथै १४ वटा विषयगत डेस्क निर्माण समेत गरेको विभागका सदस्य विष्णु रिजालले जानकारी दिए ।

 

एमालेले पार्टीमा तीन तहको पाठ्यक्रम निर्माण गरेर नेता कार्यकर्ताहरुलाई पढाउने तयारी गरेको छ । 

 

प्राथमिक तहको पाठ्यक्रम परिमार्जन गर्नुका साथै पाठ्पुस्तकको कन्टेन्ट समेत तयार पारेको नेता रिजालको भनाइ छ ।

 

एमालेले केन्द्रीय तहबाट ८८५ जना प्रशिक्षक तयार पारेको छ । जसमा प्रदेशस्तरमा ४०८ र जनसंगठन तथा केन्द्रीय तहमा चलाएको कार्यक्रममा ४७७ जना प्रशिकहरु तयार भएको एमालेले जनाएको छ ।

 

ति प्रशिक्षकहरुले  जिल्ला, प्रदेश तथा संगठन मातहतमा पार्टी प्रशिक्षण दिने छन् ।

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्

पोखरा:   सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ ।    उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्