कास्कीमा राति ९ बजेसम्म मात्र देउसी भैली खेल्न पाइने
पाेखरा | कात्तिक २५, २०८०
पोखरा: नेपालीहरूको दोस्रो ठूलो पर्व दीपावलीका अवसरमा खेलिने देउसी–भैलो कार्यक्रम राति ९ बजेसम्म मात्र खेल्न पाइने प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीको निर्णय अनुसार कास्की जिल्ला भित्र आयोजना गरिने देउसी–भैलो कार्यक्रम राति ९ बजेसम्म मात्र खेल्न पाइने सूचनामा उल्लेख गरिएको छ ।
सूचनामा भनिएको, ‘जिल्ला प्रशासन कार्यालय, कास्कीको निर्णय अनुसार कास्क्ी जिल्लामा आयोजना हुने देउसी भैलो कार्यक्रमलाई मर्यादित, अनुशासित एवम् सवारी साधन आवागनमा अवरोध नहुने गरी रातको ९ः०० बजेसम्म सञ्चालन गर्नुहुन अनुरोध ।’
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

