कास्की प्रशासनले भूकम्प पीडितको नाममा राहत संकलन गरे कारवाही गर्ने

प्रधानमन्त्री राहत कोषमार्फत सहयोग गर्न  आग्रह

पाेखरा | कात्तिक २३, २०८०

कास्की प्रशासनले भूकम्प पीडितको नाममा राहत संकलन गरे कारवाही गर्ने

पोखरा:   भूकम्प प्रभावितको नाममा व्यक्ति तथा संस्थाले राहत संकलन गरे जिल्ला प्रशासन कार्यालय कास्कीले कारवाही गर्ने भएको छ । 

 

प्रशासन कास्कीले आज (बिहीबार) विज्ञप्ती जारी गर्दै कुनै पनि संघ वा व्यक्तिले नगद तथा अन्य सामग्री संकलन गरेमा कारवाही गर्ने भएको हो ।  । प्रशासनले जारी गरेको विज्ञप्ती अनुसार भूकम्प प्रभावितहरुलाई सहयो गर्न चाहेमा प्रधानमन्त्री राहत कोषमार्फत सहयोग गर्न समेत अनुरोध गरेको छ ।


विज्ञप्तिमा भनिएको छ, ‘भूकम्पको यस दुखद् घडीमा भूकम्प प्रभावितहरुलाई सहयोग गर्ने, राहत वितरण गर्ने नाममा कास्की जिल्लामा व्यत्तिगत वा संस्थागत रुपमा कोही सकैले पनि नगदरवस्तुगतर जिन्सी साम्री संकलन नगर्न नगराउनुहुन अनुरोध छ । यस सूचनाको अवज्ञा हुने गरी कुनैपनि गतिविधिहरु गरे गराइएको पाइएमा कानून बमोजिम कारबाही हुने व्यहोरा समेत सुचित गरिन्छ ।’

 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्