कास्की प्रशासनले भूकम्प पीडितको नाममा राहत संकलन गरे कारवाही गर्ने
प्रधानमन्त्री राहत कोषमार्फत सहयोग गर्न आग्रह
पाेखरा | कात्तिक २३, २०८०

पोखरा: भूकम्प प्रभावितको नाममा व्यक्ति तथा संस्थाले राहत संकलन गरे जिल्ला प्रशासन कार्यालय कास्कीले कारवाही गर्ने भएको छ ।
प्रशासन कास्कीले आज (बिहीबार) विज्ञप्ती जारी गर्दै कुनै पनि संघ वा व्यक्तिले नगद तथा अन्य सामग्री संकलन गरेमा कारवाही गर्ने भएको हो । । प्रशासनले जारी गरेको विज्ञप्ती अनुसार भूकम्प प्रभावितहरुलाई सहयो गर्न चाहेमा प्रधानमन्त्री राहत कोषमार्फत सहयोग गर्न समेत अनुरोध गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘भूकम्पको यस दुखद् घडीमा भूकम्प प्रभावितहरुलाई सहयोग गर्ने, राहत वितरण गर्ने नाममा कास्की जिल्लामा व्यत्तिगत वा संस्थागत रुपमा कोही सकैले पनि नगदरवस्तुगतर जिन्सी साम्री संकलन नगर्न नगराउनुहुन अनुरोध छ । यस सूचनाको अवज्ञा हुने गरी कुनैपनि गतिविधिहरु गरे गराइएको पाइएमा कानून बमोजिम कारबाही हुने व्यहोरा समेत सुचित गरिन्छ ।’
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...