१ लाख ७९ हजार किलो राहत सामग्री बोकेर आइपुग्यो चिनियाँ सेनाको जहाज

पाेखरा | कात्तिक २२, २०८०

१ लाख ७९ हजार किलो राहत सामग्री बोकेर आइपुग्यो चिनियाँ सेनाको जहाज PHOTO: HUM GURUNG

पोखरा:   भूकम्प पीडितका लागि राहत लिएर आएको चिनियाँ सेनाको जहाज पोखरामा अवतरण भएको छ ।

 

भूकम्प पीडितका लागि समाग्र्री ल्याएको चिनियाँ सेनाका दुई जहाज राहत सामग्रीसहित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो । 

 

चिनियाँ सेनाको जहाजसँगै कार्गाे विमान पनि विमानस्थलमा अवतरण भएको छ । सो जहाजले १ लाख ७९ हजार किलो राहत सामग्री ल्याएको छ । 

 

चिनियाँ जनमुक्ति सेनाको वाई–२० जहाज (पिएलए एएफ) बिहान छेन्दुबाट पोखरा आएको उडान भरेको थियो । राहत सामग्री पोखरामा झारेपछि नेपाली सेनाको स्काइ ट्रकले यहाँबाट रुकुम पश्चिम र नेपालगन्ज पु¥याउने बताइएको छ ।

 

उक्त राहातका समाग्री गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ राजदूत छेन सोङ्गले बुझेका थिए ।

 

चीनले दुई चरणमा भूकम्प पीडितका लागि राहत घोषणा गरिसकेको छ । यसअघि प्रभावितहरूका लागि १० करोड रुपैयाँको राहत सामग्री दिने घोषणा गरेको चीनले मंगलबार थप २८ करोड बराबरको राहत घोषणा गरेको हो ।


 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्