बहराइनलाई १० विकेटले हराउँदै ओमान विश्वकपमा
काठमाडाैं | कात्तिक १७, २०८०
काठमाडौं: ओमानले आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको पहिलो सेमिफाइनल खेलमा बहराइनलाई १० विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको छ । ओमानले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप खेल्न पाउनेछ ।
जितको लागि १ सय ७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमानले १४.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । ओमानको जितमा कश्याप प्रजापति ४४ बलमा ६ चौका र २ छक्कासहित ५७ रनमा नट आउट रहे । प्रतीक अथवले ४१ बलमा ४ चौका र १ छक्कासहित ४८ रनमा नट आउट रहे ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो । बहराइनका इमरान अलीले २३ बलमा ५ चौकासहित सर्वाधिक ३० रन बनाए । शरफराज अलीले २३ र अहमेर बिन निसारले २६ रन बनाए ।
ओमानका अकिब इल्यासले ४ ओभरमा १ मेडनसहित १० रन खर्चेर ४ विकेट लिए । सकिल अहमदले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । फयाज बट, बिलाल खान र जिशान मकसुदले एक एक विकेट लिए । ओमानले उपाधिको लागि नेपाल र युएईबीचको विजेतासँग आइतबार फाइनल खेल्नेछ ।
काठमाडौं। प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको सबैलाई धन्यवाद द...
गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२० मतान्तरले पछाडी पार्दै ...
काठमाडौं: देशका केही भू-भागमा आज मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

