बहराइनलाई १० विकेटले हराउँदै ओमान विश्वकपमा
काठमाडाैं | कात्तिक १७, २०८०
काठमाडौं: ओमानले आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको पहिलो सेमिफाइनल खेलमा बहराइनलाई १० विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको छ । ओमानले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप खेल्न पाउनेछ ।
जितको लागि १ सय ७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमानले १४.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । ओमानको जितमा कश्याप प्रजापति ४४ बलमा ६ चौका र २ छक्कासहित ५७ रनमा नट आउट रहे । प्रतीक अथवले ४१ बलमा ४ चौका र १ छक्कासहित ४८ रनमा नट आउट रहे ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो । बहराइनका इमरान अलीले २३ बलमा ५ चौकासहित सर्वाधिक ३० रन बनाए । शरफराज अलीले २३ र अहमेर बिन निसारले २६ रन बनाए ।
ओमानका अकिब इल्यासले ४ ओभरमा १ मेडनसहित १० रन खर्चेर ४ विकेट लिए । सकिल अहमदले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । फयाज बट, बिलाल खान र जिशान मकसुदले एक एक विकेट लिए । ओमानले उपाधिको लागि नेपाल र युएईबीचको विजेतासँग आइतबार फाइनल खेल्नेछ ।
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...
गण्डकी: ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...
तनहुँ: मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

