युएईले हङकङलाई दियो १७७ रनको बलियो लक्ष्य

काठमाडाैं | कात्तिक १६, २०८०

युएईले हङकङलाई दियो १७७ रनको बलियो लक्ष्य तस्बिर फाइल

काठमाडौं:    युएईले आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा हङकङलाई १ सय ७७ रनको बलियो लक्ष्य दिएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रन बनायो ।


युएईका बासिल हामिद २९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५१ रनमा आउट भए । कप्तान मोहम्मद वासिमले २४ बलमा ५ चौका र ३ छक्कासहित ४६ रन जोड्दै राम्रो सुरुवात दिलाएको थिए ।


एलिशान शराफु २४ बलमा २ चौका र २ छक्कासहित ३४ रनमा आउट भए । खालिद शाह ६, आसिफ खान ४ र वृत्य अरविन्द्य १९ रनमा आउट भए ।


हङकङका यासिम मुर्तजाले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । नस्रुल्लाह राना ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । एहसान खानले ४ ओभरमा ४१ रन खर्चेर १ विकेट लिए । हङकङ सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने हुन्छ ।

पोखरा:   पोखरामा जेसी नीति र महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम भएको छ।सञ्चारिका समूह गण्डकीको आयोजनामा र असल छिमेकी सहयोग सङ्घ गोनेसाको सहयोगमा बुधबार कार्यक्रम भएको हो। गण्ड...

थप पढ्नुहोस्

पोखरा:   पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले यही भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ ।  हरिताल...

थप पढ्नुहोस्

पोखरा:   उच्च हिमाली क्षेत्रहरुमा घुमघामका लागि पुग्ने पर्यटकहरुलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा छलफल गरिएको छ । पदयात्रा र धार्मिक हिसावले हि...

थप पढ्नुहोस्