टी-२० विश्वकप छनोट: नेपालले मलेसिया विरुद्ध बलिङ गर्दै
काठमाडाैं | कात्तिक १४, २०८०

काठमाडौं: नेपालले आइसिसी टि२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा मलेसियासँग टस हारेको छ । टियु क्रिकेट मैदानमा भएको टसमा मलेसियाका अहमद फैजले टस जितेर पहिला ब्याटिङ रोज्दै नेपाललाई फिल्डिङको निम्तो दिएको छ ।
नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो । मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो । घरेलु टोली नेपाल लगातार दोस्रो जितको सोचमा हुनेछ ।
नेपाल आजको खेलमा विजयी भएमा सेमिफाइनलमा पुग्नेछ । आजको पहिलो खेलमा ओमानले सिंगापुरलाई २२ रनले हराएको थियो । नेपाल विजयी हुँदा समूह ए बाट ओमान पनि सेमिफाइनलमा पुग्नेछ ।
नेपालले आजको खेलमा कुनै परिवर्तन गरेको छैन । नेपालका दीपेन्द्रसिंह ऐरी खुट्टामा चोटका कारण टोलीमा छैनन् । दीपेन्द्रको स्थानमा विवेक यादवलाई निरन्तरता दिएको छ । टोलीमा नेपालले कुनै परिवर्तन गरेको छैन ।
नेपालको प्लेइङ ११:
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।
पोखरा: पोखरामा जेसी नीति र महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम भएको छ।सञ्चारिका समूह गण्डकीको आयोजनामा र असल छिमेकी सहयोग सङ्घ गोनेसाको सहयोगमा बुधबार कार्यक्रम भएको हो। गण्ड...
पोखरा: पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले यही भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ । हरिताल...
पोखरा: उच्च हिमाली क्षेत्रहरुमा घुमघामका लागि पुग्ने पर्यटकहरुलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा छलफल गरिएको छ । पदयात्रा र धार्मिक हिसावले हि...