विश्वकप छनोटमा युएईको विजयी सुरुवात
काठमाडाैं | कात्तिक १३, २०८०

काठमाडौं: युएईले आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा बहराइनलाई पाँच विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । समूह बी मा युएईले दुई महत्वपूर्ण अंक जोडेको हो ।
जितको लागि १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको युएईले १८।२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । युएईको जितमा युवा अलराउन्डर अली नासिर २६ बलमा ४ चौका र ३ छक्कासहित ४८ रनमा नट आउट रहे । बासिल हामिद ८ बलमा १ चौकासहित ११ रनमा नट आउट रहे ।
ओपनर मोहम्मद वासिम १२, अर्यांश शर्मा ९, वृत्य अरविन्द शून्य, आसिफ खान २३ र एलिशान शराफु २७ रनमा आउट भए । बहराइनका तीव्र गतिका बलर मोहम्मद रिजवान बटले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । अब्दुल मजिद र सचिन कुमारले एक एक विकेट लिए ।
त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३५ रन बनायो । बहराइनका हैदर अलीले ४३ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५९ रनको अविजित इनिङ खेलेपनि जितको लागि पर्याप्त हुन सकेन ।
जुनैद अजिज २५ र सोहेल अहमेद २८ रनमा आउट भए । अन्य बहराइनका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । युएईका जुनैद अजिज र आयन खानले २–२ विकेट लिए । युएईले मंगलबार कुवेत र बिहीबार हङकङसँग खेल्नेछ ।
पोखरा: पोखरामा जेसी नीति र महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम भएको छ।सञ्चारिका समूह गण्डकीको आयोजनामा र असल छिमेकी सहयोग सङ्घ गोनेसाको सहयोगमा बुधबार कार्यक्रम भएको हो। गण्ड...
पोखरा: पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले यही भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ । हरिताल...
पोखरा: उच्च हिमाली क्षेत्रहरुमा घुमघामका लागि पुग्ने पर्यटकहरुलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा छलफल गरिएको छ । पदयात्रा र धार्मिक हिसावले हि...