दाङमा प्रहरी नियन्त्रणमा रहेका व्यक्ति शौचालयबाट फरार
दाङ | कात्तिक १३, २०८०

दाङ: दाङमा चोरी अभियोगमा पक्राउ परेका एक कैदी फरार भएका छन् । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा नियमित स्वास्थ्य जाँचको लागि लगिएको अवस्थामा शौचालय जाने बहानामा १८ वर्षीय विवेक नेपाली फरार भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक मल्लले कैदी फरार भएको पुष्टि गरेका छन् । हिरासतमा राखिएका कैदीलाई क्षयरोगको शंका लागेपछि खकार परीक्षणका लागि प्रतिष्ठानमा लगिएको थियो ।
पाँच जना सुरक्षाकर्मी सहित अस्पताल लगिएका नेपाली भागेपछि उनको खोजी तीव्र पारिएको छ । उनी अहिलेसम्म फेला परेका छैनन् । प्रहरीले चोरी अभियोगमा नेपालीलाई शनिबार साँझ नियन्त्रणमा लिएको थियो ।
पोखरा: पोखरामा जेसी नीति र महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम भएको छ।सञ्चारिका समूह गण्डकीको आयोजनामा र असल छिमेकी सहयोग सङ्घ गोनेसाको सहयोगमा बुधबार कार्यक्रम भएको हो। गण्ड...
पोखरा: पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले यही भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ । हरिताल...
पोखरा: उच्च हिमाली क्षेत्रहरुमा घुमघामका लागि पुग्ने पर्यटकहरुलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा छलफल गरिएको छ । पदयात्रा र धार्मिक हिसावले हि...