तनहुँमा अरिङ्गालले चिलेर एक जनाको मृत्यु, एक घाइते
तनहुँ | कात्तिक १३, २०८०

तनहुँ: तनहुँमा अरिङ्गालले चिलेर एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
भानु नगरपालिका– ७ रम्गाटार स्थित जङ्गलमा आइतबार राती ११ः५५ अरिङ्गाल पोल्ने क्रममा घाइते हुनु भएका भानु नगरपालिका– ४ फला खेत बस्ने वर्ष ३२ को राजकुमार तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोही ठाउँ बस्ने वर्ष २४ को धनबहादुर तामाङ गम्भिर घाइते भएका छन् ।
निजहरू दुवै जनालाई लक्ष्मी अस्पताल डुम्रे तनहुँमा प्राथमिक उपचार पश्चात् थप उपचारको लागी चितवन मेडिकल कलेजमा चितवनमा पठाएकोमा घाइते मध्ये राजकुमारको सोमबार बिहान ४ः२० बजे उपचारको क्रममा मृत्यु भएको जिल्ल प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए ।
घाइते धनबहादुरको सोही अस्पतालमा उपचार भइरहेको उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रनाउ खाँडले बताए ।
पोखरा: पोखरामा जेसी नीति र महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम भएको छ।सञ्चारिका समूह गण्डकीको आयोजनामा र असल छिमेकी सहयोग सङ्घ गोनेसाको सहयोगमा बुधबार कार्यक्रम भएको हो। गण्ड...
पोखरा: पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले यही भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ । हरिताल...
पोखरा: उच्च हिमाली क्षेत्रहरुमा घुमघामका लागि पुग्ने पर्यटकहरुलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा छलफल गरिएको छ । पदयात्रा र धार्मिक हिसावले हि...