पोखरामा नगरबस दुर्घटना, तीन जना गम्भिर घाइते
पाेखरा | कात्तिक १२, २०८०
पोखरा: पोखरामा ३० जना सवार नगरबस दुर्घटना भएको छ ।
पोखराबाट पुम्दीभुम्दीतर्फ जाँदै गरेको नगरबस आज दुर्घटना हुँदा ११ जना घाइते भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए ।
‘पोखराबाट पुम्दीभुम्दी जाँदै गरेको ग १ ख ८५८५ नम्बरको बस घुम्तीमा ब्याक हुँदा दुर्घटना भएको भन्ने छ’, सूचना अधिकारी पाठकले भने, ‘घाइतेको उद्धार भइसकेको छ, थप उपचारका लागि पोखरा ल्याइँदै छ, बसमा सवार ३० जना सवार थिए भन्ने बुझिएको छ ।’
बसमा सवार ३० जना मध्य ११ जना घाइते भएका छन्, घाइते तीन जनाको अवस्था गम्भिर रहेको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

