कोशीमा दशैं अवधिमा १६ जनाको दुर्घटनामा मृत्यु
काठमाडाैं | कात्तिक १२, २०८०
दशैंको अवधिमा कोशी प्रदेशमा भएको गाडी दुर्घटनामा १६ जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीको राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार ५ कात्तिक फुलपातीदेखि ११ कात्तिक कोजाग्रत पूर्णिमासम्म १३५ वटा गाडी दुर्घटना भएको थियो । जसमा १६ जनाको मृत्यु भएको हो । ती दुर्घटनामा २६५ जना घाइते भएका छन् र ४१ जना गम्भीर घाइते भएका छन् ।
प्रहरीले दशैंमा ६ हजार ६२८ वटा सवारी साधनलाई कारवाही गरेको थियो । कारवाहीबाट ४४ लाख १४ हजार ५ सय रुपैयाँ जरिवाना संकलन भएको कार्यालयले जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार आर्थिक वर्ष २०७९–०८० को दशैंमा कोशी प्रदेशमा १८० वटा गाडी दुर्घटनामा भएको थियो । जसमा १६ जनाको मृत्यु भएको थियो भने २२६ जना सामान्य घाइते भएको थियो ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

