स्याङ्जाको ठुलाडिहीमा राप्रपाको नवीन राप्रपा अभियान
स्याङ्जा | कात्तिक २, २०८०

स्याङ्जा: राप्रपाले स्याङ्जाको पुतलीबजार नगरपालिका ७ ठुलाडिहीमा नवीन राप्रपा अभियान तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
नेपालीको महान् चाड बडा दशैंको अवसरमा शुभकामना आदान प्रदान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका राप्रपा गण्डकी प्रदेशका अध्यक्ष तथा पूर्वमन्त्री पञ्चराम गुरुङले कार्यक्रमको उद्घाटन गर्दै सम्पूर्णमा शुभकामना व्यक्त गरे ।
उनले सो अवसरमा पार्टीलाई नवीन तरिकाबाट अगाडी बढाउनुपर्ने आवश्यकता रहेको बताउदै सोही अभियान अन्तरगत कार्यक्रम आयोजना गर्दै आएको धारा राखे ।
सो कार्यक्रममा कार्य सम्पादन समिति सदस्य तोरण बहादुर गुरुङ, भुपु सङ्गठन केन्द्रीय अध्यक्ष प्रकाश जङ्ग कार्की, पूर्व सहायक महामन्त्री मदन बहादुर कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो नवीन राप्रपा तथा शुभकामना आदान प्रदान कार्यक्रममा जिल्लाका नेताहरू, वरिस्ठ उपाध्यक्ष तुलसिह ठकुरी, महिला सङ्गठन अध्यक्ष शोभा गैरे, १ नम्बर क्षेत्रीय अध्यक्ष लाल बहदुर थापा लगायत नेताहरुको उपस्थिति रहेको थियोे भने सो भेलाले नयाँ वडा कार्यसमिति समेत गठन गरेको थियो ।
वीरगञ्ज: जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकले महामारीको समयमा स्वास्थ्य जनशक्ति अभाव हुन नदिन स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी ...
कास्की: पोखरा महानगरपालिका–११ मणिपाल कालिखोलादेखि काँहुको धुरीसम्मको ‘पोखरा ग्रेट ट्रेल’ निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिकाका अनुसार आगामी माघ महिनाभित्रमा यस ...
काठमाडौं: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ । महाशाखाका ...