एनआरएनएको ११औँ अधिवेशन काठमाण्डाैमा शुरु
अध्यक्षमा चार जनाको उम्मेदवारी
काठमाडाैं | असोज ३०, २०८०
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११ औँ अधिवेशन काठमाण्डौमा शुरु भएको छ । चार दिनसम्म चल्ने अधिवेशनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री एनपी साउदले विदेशमा हासिल गरेको ज्ञान, सिप र लगानी नेपालको विकासमा महत्त्वपूर्ण हुने बताउनुभयो । एनआरएनएहरुले विदेशी नियोगसँग सहकार्य गरी नेपालमा लगानी भित्र्याउन, पर्यटक भित्र्याउन, नेपाली वस्तु विदेशमा निर्यात गर्न र नेपालको गौरवगाथा विश्वभर फैलाउन सक्ने उहाँको भनाइ छ ।
अधिवेशनमा ५९ देशका ४ हजार २२७ प्रतिनिधि सहभागी हुँदैछन् । गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि चार जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा डा।बद्री केसी, महेशकुमार श्रेष्ठ, राजेन्द्रकुमार शर्मा र रविना थापाले उम्मेदवारी दर्ता गरेका छन् ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

