दुईदिनको छुट्टीमा डिपोले तेल नपाउँदा पोखराका केही पेट्रोल पम्प बन्द
प्रादेशिक कार्यालय भन्छ, अबको आधा-एक घण्टामा पेट्रोल बजार पुग्छ
पाेखरा | असोज २९, २०८०
Photo: Sabin Regmi
पोखरा: नेपाल निगमले आजदेखि लागु हुने गरी पेट्रोल तथा डिजेलको मूल्यमा क्रमशः प्रतिलिटर रु ११ र ५ रुपैयाँ घटाएको थियो ।
पेट्रोल र डिजेलको मूल्य घटेको दिन नै पोखराको केही पेट्रोल पम्पहरुले पेट्रोल नभएको सूचना टाँस गरेर आधा सटर लगाएका छन् । पेट्रोल तथा डिजेलको मूल्य घटेको समयमा पम्प बन्द गरेको भन्दै सामाजिक सञ्जालमा विरोध भइरहेको छ ।
नेपाल आयल निगम लिमिटेड गण्डकी प्रादेशिक कार्यालय पोखराका सूचना अधिकारी श्रीधर लामिछानेले भने दुईदिनको छुट्टीले डिपोबाट पेट्रोल पठाउन नपाउँदा पम्पहरुमा भएको मौञ्जाद सकिँदा बन्द भएको हुन सक्ने प्रतिक्रिया दिए ।
‘दुईदिनको लगातार बिदाले डिपोबाट पेट्रोल तथा डिजेल बजार तथा पम्पमा पठाउन सकिएको थिएन, अस्ती शनिबार, हिजो घटस्थापनाको छुट्टी थियो’, सूचना अधिकारी लामिछानेले भने, ‘पेट्रोल तथा डिजेल डिपोबाट पास हुँदै छन्, अबको एक, दुई घण्टाको सहज हुन्छ ।’
उनले पोखराका लागि १ लाख ८० हजार पेट्रोल बजारमा पठाउन लागेको बताए । ‘अबको आधा–एक घण्टामा पम्पमा पेट्रोल पुग्छ, पोखराका लागि १ लाख ८० हजार लिटर पेट्रोल पठाउँदै छौं’, उनले भने, ‘तनहुँ, बागलुङ, स्याङ्जा, पर्वत र म्याग्दीमा ३ लाख लिटर पेट्रोल आजै पठाउँदै छौं, मूल्य घटेर होइन, पम्पमा मौञ्जाद सकिएकाले पम्प बन्द भएको हुन सक्छ ।’
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

