पोखरामा जारी फुटसलमा सबिन मेमोरियल सेमिफाइनल प्रवेश
पाेखरा | असोज २८, २०८०

पोखरा: पोखरामा जारी नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल प्रतियोगितामा सबिन मेमोरियल सेमिफाइनलमा प्रवेश गरेको छ ।
राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रंगशालास्थित कभर्ड हलमा जारी खुला फुटसल प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा फ्रिडम फाइटरलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
सबिनको जितमा अविनाश तामाङले निर्णायक गोल गरे भने, एक गोल फाइटरको तर्फबाट आत्मघाती गोल भएको थियो । यता फ्रिडम फाइटरका लागि नविन लामाले सान्त्वना गोल फर्काए ।
प्रिक्वाटरका ५ खेल सम्पन्न
आज (आइतबार) सम्पन्न प्रिक्वाटरफाइनलका ५ खेलबाट मेन्टेन एफसी, फ्रिडम फाइटर काठमाडौं, एडी युनाइटेड पोखरा, क्वाटरफाइनलमा प्रवेश गरे ।
पहिलो खेलमा मेन्टेन एफसीले बेलिज एफसीलाई ५–३ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्याे । मेन्टेनको जितमा विशाल सारुमगरले २ गोलको योगदान दिए यस्तै सन्तलाल तामाङ, सुवास श्रेष्ठ र जेनेश प्रजापतिले समान १÷१ गोलको योगदान दिए । यता बेलिजका लागि संगम दर्जी, नविन तामाङ र विनय तामाङले समान १/१ गोल फर्काए ।
यस्तै दोस्रो खेलमा फ्रिडम फाइटरले जनएकता एफसी चाउथेलाई ७–१ गोलको फराकिलो पराजित गर्याै । फ्रिडमको जितमा मणिकुमार लामाले ४ गोलको योगदान दिए । यस्तै नविन लामा, अनिल खड्का र सुशान्त श्रेष्ठले समान १÷१ गोलको गरे भने जनएकता चाउथेका लागि रोशन नेपालीले सान्त्वना १ गोल फर्काए ।
यस्तै तेस्रो खेलमा एडी युनाटेडले राजन एण्ड ब्रदर्श टिम ‘ए’ माथि ८–४ गोलको फराकिलो गोल अन्तरले जित निकाल्यो । एडी युनाटेडको जितमा अर्जुन मगरले ह्याट्रिक पूरा गरे । रोशन मगरले ४ र विकास परियारले १ गोल गरे ।
यता राजन एण्ड ब्रदर्श टिम ‘ए’ का लागि जीवन गुरुङले २, सन्दिप गुरुङ र विकास परियाले समान १÷१ गोल फर्काए ।
आज भएको प्रिक्वाटरको अन्तिम खेलमा दीप युनाटेडले आरआईसी एफसीलाई ३–२ गोलले पराजित गरेको छ । दीपको जीतमा आशिष छन्त्याल, फोनश कार्की र निकेश गुरुङले गोल गरे । यता आरआईसीका लागि सुमन गुरुङ र आयुष थापाले समान १/१ गोल फर्काए ।
प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ५ लाख प्रदान गरिने प्रतियोगिता संयोजक आशिष क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३ लाख प्रदान गरिनेछ । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ५० हजार र ट्रफिले पुरस्कृत गरिनेछ भने उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि नगद राशीद्वारा पुरस्कृत गरिनेछ ।
आगामी ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरबाट कुल १४ टिमको सहभागिता रहेको छ ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...