गण्डकी स्टार सिजन ४ को उपाधि गायन तर्फ कृषिका र नृत्य तर्फ करिना लाई
काठमाडाैं | असोज २८, २०८०
पोखरा: गण्डकी स्टार सिजन ४ को उपाधि गायन तर्फ कृषिका बि.घिमिरे जितेकि छन् भने नृत्य तर्फको उपाधि करिना गहतराजले जितेकी हुन् । उपाधि सगै दुबैले नगद २० ÷२० हजार र ट्रफि प्राप्त गरे ।
नन्द इन्टरटेन्मेन्ट हाउसको आयोजनामा शनिवार पोखरामा भएको अन्तिम प्रतिस्प्रधामा दुबै तर्फ ४ ÷४ जना सहभागिलाई पछि पार्दै उपाधि जित्न सफल भएको कार्यक्रम ब्यवस्थापक रोहन गुरुङले जानकारी दिए । उपाधि हात पार्ने कृषिका पोखराको सगरमाथा निकेतन कक्षा ९ अध्ययनरन हुने भने, करिन पोखराको बिन्दाबासिनी मा.बिमा अध्ययनरत रहेकी छन् ।
यस्तै गायन तर्फ रोहित बि.क दोस्रो, महिमा खड्का तेस्रो दिपक परियार चौथो र कृपा गुरुङ पाचौ भए भने दोस्रोले नगद १० हजार र ट्रफि तेस्रोले नगद ५ हजार र ट्रफि जित्न सफल भए । नृत्य तर्फ समिर बिश्वकर्मा दोस्रो,रितु क्षेत्री तेस्रो,सिमा सुनार चौथो र पूजा बस्तोला पाचौँ भने दोस्रोले नगद १० हजार र ट्रफि तेस्रोले नगद ५ हजार र ट्रफि जित्न सफल भए ।
प्रतियोगिताको वेष्ट प्रफमर दिपक परियार भए भने भिवर च्वाइसमा कृपा गुरुङले स्थान बनाइन् । गायन तर्फको निर्णयकमा बिनोद बानिया,आरजु बिष्ट सल्यानी,र सबिना सुनाम रहेका थिए । त्यस्तै नृत्य तर्फको निर्णायकमा महेश गोदार,मिलन नेपाली,रोशनी छिनाल थिए ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदश्य श्यामराजा महतले बालबालिकाको प्रतिभा देखेर आफु प्रफुलित भएको बताए । यस्ता कार्यक्रमले बालबालिकाको लुकेर रहेको प्रतिभाको प्रस्फुटन गर्न सहयोग पुग्ने उनको भनाई थियो। कार्यक्रममा होटल शाराका प्रबन्धक सि.पि सुवेदीले कार्यक्रमले लोप हुन लागेको संस्कृतीलाई जोगाउन सफल बताए । कार्यक्रम निर्देशक देबेन्द्र शाहीले बालबालिकाको प्रतिभा उजागर गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने बताए ।
नन्द इन्टरटेन्मेन्ट हाउसले यस अगाडि डान्स गण्डकी डान्स,पोखरा चाईल्ड स्टार ,सोसल अवार्ड जस्ता कार्यक्रमहरु गदै आइरहेको छ ।
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ । उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...
पोखरा: सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

