सोलुखुम्बुको लोबुचेमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना
सोलुखुम्बु | असोज २७, २०८०

सोलुखुम्बु: सोलुखुम्बुको लोबुचेमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना भएको छ। शनिबार बिहान मनाङ एयरको हेलिकोप्टर लुक्लाबाट लोबुचे गएको थियो। लोबुचेमा अवतरणको क्रममा हेलिकोप्टर दुर्घटना भएको हो।
हेलिकोप्टर पूर्ण रुपमा क्षति भएको छ। दुर्घटना भएलगत्तै उक्त हेलिकोप्टमा आगलागि भएको हो। हेलिकोप्टरमा पाइलट प्रकाश सेडाई मात्र सवार थिए। उनी घाइते भएका छन्।
हेलिकोप्टर दुर्घटना भएपछि स्थानीयहरुसमेत उक्त स्थानमा पुगेका छन्। पाइलटलाई अर्को हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...