पोखरामा रोटरीको इन्टरसिटी मिटिङ सम्पन्न
पाेखरा | असोज २२, २०८०

रोटरी इन्टरनेशनल नेपाल ३२९२, नेपाल–भुटानअन्तर्गत रिजन–४ को इन्टरसिटी मिटिङ सम्पन्न भएको छ । पोखरामा शनिबार भएको मिटिङ खासगरी रोटरीको दिगो योजना निर्माण र स्रोत पहिचान विषयमा केन्द्रित थियो ।
वर्ष २०२३÷२४ का लागि रोटरीका डिस्ट्रिक्ट गभर्नर राजेन्द्रप्रसाद ध्वजुको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वक्ताले रोटरीका योजना छनोट कसरी गर्ने र स्रोत पहिचान कसरी गर्ने भन्नेबारेमा आ–आफ्नो राय प्रस्तुत गरेका थिए । डिष्ट्रिक्ट गभर्नर ध्वजुले रोटरी सामाजिक काम गर्ने ठुलो संस्था भएको बताउँदै समाजले लाभ लिने विभिन्न प्रोजेक्ट गर्दै जानुपर्ने सुझाव दिए ।
कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर नोमिनी विनोद कोइरालाले कार्यक्रमको सहजीकरण गर्दै रोटरीमा सेवाको अवसर र स्रोत कसरी परिचालन गर्ने भन्ने विषयमा बोलेका थिए । एनएमबि बैंकका पूर्व सिइसो समेत रहेका रोटरियन उपेन्द्र पौड्यालले सामाजिक उत्तरदायित्वको सम्भावना र चुनौतीबारे आफ्नो प्रस्तुति राखेका थिए । यस्तै, ब्रिटिस नागरिक वरिष्ठ समाजसेवी डगलस म्याक्लगनले सामाजिक कार्यका लागि वित्तीय स्रोत कसरी पहिचान गर्नेबारेमा बोलेका थिए । कार्यक्रममा निवर्तमान डिष्ट्रिक्ट गभर्नर जितेन्द्रबाबु राजभण्डारी, पूर्व गभर्नर सन्तोष रिजाल, पूर्व गभर्नर सञ्जय गिरी लगायतले पनि बोलेका थिए ।
इन्टरसिटी मिटिङका सभापति इविन्द्र तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत डिष्ट्रिक्टका सहसचिव सन्तोष पोखरेल, धन्यवाद ज्ञापन डिष्ट्रिक्ट मेम्बरसिप चेयर सुवाश सिग्देलले गरेका थिए । कार्यक्रम सञ्चालन रिजनल ट्रेनिङ चेयर लक्ष्मी थापा गिरीले गरेकी थिइन् । रोटरी इन्टरनेशनल नेपाल ३२९२, नेपाल–भुटानअन्तर्गत रिजन–४ मा कुल १७ रोटरी क्लब छन् । तीमध्ये १५ रोटरी क्लबले भाग लिएको रोटरी लेकसाइडका अध्यक्ष शोभाकान्त सिग्देलले बताए ।
काठमाडौं: २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शुक्रबार नतिजा प्रकाशित गरेको हो । गत २०८१ सालको चैत ...
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपीजेए) कास्कीले पोखरा महानगरपालिका–९ मा भएको विकासक्रमको फोटो प्रदर्शन गरेको छ । पोखरा महानगरपालिका वडा नम्वर ९ को सहयोगमा शुक्रबार महेन्द्रपुलस्थित अन्तर्राष्...
पोखरा: पोखरामा आज टिप्परले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । पोखराको छोरेपाटनबाट पुम्दीभुम्दी जाँदै गरेको ग १ ख ३४४५ नम्बरको टिप्परले ग २६ प १२५९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर च...