पोखराको आइएसएमटी कलेजले थप्यो 'बिएचएम' कार्यक्रम

पाेखरा | असोज १७, २०८०

पोखराको आइएसएमटी कलेजले थप्यो 'बिएचएम' कार्यक्रम

पोखरा:  बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन  तथा नेपाल सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति प्राप्त आइएसएमटी कलेज पोखराले यस वर्षदेखि ब्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम) कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

 

पोखरा महानगरपालिका १५ अन्नपूर्णमार्गस्थित सञ्चालनमा रहेको आइएसएमटी कलेजले हस्पिटालिटीको क्षेत्रमा दक्षा जनशक्तिको माग बढिरहेको अवस्थालाई मध्यजजर गर्दै बिएचएमको कार्यक्रम थपेको हो ।

 

सन् २०१८ सालदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको आइएसएमटी ग्रुप अन्तरगतको आइएसएमटी कलेजले यसअघि बिएससी आइटी र बिबिए अध्यापन गर्दै आएको छ । 

 

परिवर्तित समय र पोखरामा हस्पिटालिटीको क्षेत्रमा कामदारको मागलाई मध्यनजर गर्दै दक्ष जनशत्ति उत्पादन गर्ने उद्देश्यले बिएचएम कार्यक्रम थपेको कलेजका एशोसियट अप्रेसन म्यानेजर शिव पौडेलले जानकारी दिए । 

 

कलेजका अनुसार आइएसएमटीमा अध्ययन गरेपछि विद्यार्थीहरु होटल, पर्यटन क्षेत्र, एयरलाइन्स लगायतका विभिन्न हस्पिटालिटी र कर्पोरेट क्षेत्रमा काम गर्नसक्ने गरी दक्ष भएर निस्कने छन् । 
 

आइएसएमटी ग्रुप अन्तरगत नेपालका प्रमुख शहरहरु चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि शिक्षा मन्त्रालयको अनुमतिमा आइएसएमटी कलेजहरु सञ्चालनमा रहेका छन् । 

 

हालसम्म यस ग्रुपको कलेजबाट सयौंको सँख्यामा बिएससी आइटी र बिबिएमा दक्ष विद्यार्थीहरु उत्तीर्ण भइसकेका छन् ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्