एमाले गण्डकी प्रदेशको अधिवेशनको तयारी पूरा, प्रतिनिधि राख्न २१ होटल बुकिङ
पाेखरा | असोज १४, २०८०
पोखरा: नेकपा एमाले गण्डकीको प्रथम अधिवेशनको तयारी पूरा भएको छ । पोखरामा सोमबार हुने प्रथम अधिवेशनको तयारी पूरा भएको प्रदेश अध्यक्ष नवराज शर्माले बताए ।
उनले पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको समेत बताए ।‘अहिले सातै प्रदेशको प्रथम अधिवेशनमा पार्टी लागिरहेको छ, केही प्रदेशमा सम्पन्न भएको छ, केहि प्रदेशमा बाँकी छ, शर्माले भने, ‘गण्डकीको प्रदेशको प्रथम अधिवेशन पोखरामा भोलि सञ्चालन हुँदै छ, पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।’
यस्तै प्रचारप्रसार उपसिमितिका संयोजक तथा गण्डकी उपसचिव रश्मि आचार्यले अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट ९ सय ७ जना प्रतिनिधि छनोट भएर पोखरा आएको बताए । उनका अनुसार अधिवेशनका लागि आएका प्रतिनिधि राख्न पोखरामा २१ वटा होटल बुकिङ गरेको छ ।
नेकपा एमाले गण्डकीको प्रदेशको प्रथम अधिवेशनमा पोखराको हस्पीटल चोक, औद्योगिक क्षेत्र (शिव चोक), बुद्ध चोक र बसपार्कबाट ¥यालीसहित अमरसिंह चौरमा उद्घाटन सत्र सञ्चालन हुने उनले जानकारी दिए । आचार्यले इलेक्ट्रिक मेसिनको प्रयोगमा मतदान गर्ने तयारी गरिएको बताउदै अधिवेशन सम्पन्न गर्न करिब ८० लाख खर्च हुने अनुमान गरिएको बताए ।
नेकपा एमाले गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले अधिवेशनबाट सर्वसहमतिबाटै नेतृत्व चयन गर्ने प्रयन्त्र गरिरहेको बताए ।
‘पार्टी भित्र हामीले लोकतन्त्रको अभ्यासपनि चलाइरहेका छौं, सके सम्म सहमतिमै नेतृत्व चयन गर्ने प्रयत्न गरेका छौं’, विष्टले भने, ‘प्यानल बनाएर उम्मेदवारी दर्ता गर्न दिदैंनौ, यसले पार्टीलाई कमजोर बनाउँछ, सकेसम्म सहमतिमै नेतृत्व चयन गछौं ।’
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

