बिरौटाका क्षितिज फुर्सेखालामा मृत फेला
पाेखरा | असोज १४, २०८०
सांकेतिक तस्वीर
पोखरा: पोखरा महानगरपालिका १७ फुर्सेखोलामा क्षितिज बस्याल मृत फेला परेका छन् ।
पोखरा महानगर १७ बिरौटा हनुमान टोल बस्ने १४ बर्षीय बस्यालको शव फुर्सेखोलामा हिजो (शनिबार) फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
खोलामा शव अड्किएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीले खवर गरेका थिए । बस्यालको शव अहिले पोष्टमार्टमका लागि गण्डकी अस्पतालमा लगिएको कास्की प्रहरीले जनाएको छ ।
फुर्सेखोलामा मृत भेटिएको शव बस्यालको भएको मृतकका ठुली ममीले पहिचान गरेको प्रहरीले जनाएको छ । मृतक बस्यालको आमाबुबा विदेशमा भएको र बिरौटामा ठुली ममीसँग बस्दै आएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

