पोखरा आउँदै गरेको जीप खोलाले बगाउँदै तीन जना बेपत्ता
पाेखरा | असोज १३, २०८०
तस्बिर फाइल
पोखरा: बागलुङदेखि पोखरा आउँदै गरेको जीप पर्वतमा खोलाले बगाउँदा जीपसहित तीन जना बेपत्ता भएका छन् ।
पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा पर्ने मध्यपहाडी लोकमार्गको तमादीखोलामा शनिबार साँझ आएको बाढीले ग १ ज ६२१३ नम्बरको यात्रुबहाक टाटा सुमो बगाउँदा तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुषालले जानकारी दिए ।
प्रनाउ भुषालले जीपमा सवार यात्रुहरुको नामावली नखुलेको बताए । एक्कासी आएको बाढीको अवस्था बुझन सवारी चालक जीपबाट झरेको बेलामा एक्कासी आएको बाढीले सवारी सधान बगाएको प्रनाउ भुषालले बताए ।
सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेपत्ता जीप र यात्रुहरुको खोजी भइरहेको प्रनाउ भुषालले जानकारी दिए ।
पोखरा । भण्डारढिकमा जारी ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’ मा पुरुष सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि रामघाट एफसी ग्रिन र मिक्की एफसी भिड्ने भएका छन् । ...
पोखरा। सांस्कृतिक झाँकी र बाजागाजासहित २१ औं संस्करणको फेवा नव बर्ष महोत्सव २०८३ आइतबारबाट पोखरामा सुरु भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय अम्बोटमा आयो...
पोखरा । गण्डकी स्पोर्टस् क्लबको आयोजनामा सम्पन्न पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि न्यूरोड एफसीले जितेको छ । पोखरा महानगरपालिका ५ मालेपाटन...

