७८ वर्ष भएका सभापतिलाई दोष दिने हैन, आफु कांग्रेस बनाउन लाग्नुहोस्: मुख्यमन्त्री पाण्डे
गोरखा | असोज १३, २०८०

गोरखा: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस बनाउन नयाँ पुस्ताका नेताहरु परिर्वतन भएर लाग्नुपर्ने बताएका छन् ।
‘अब ७८ वर्ष भएका शेरबहादुर देउवा (सभापति जि) लाई परिर्वतन गर्छु र कांग्रेस बनाउँछु भन्ने भन्दा पहिले ५९ वर्षको शुरेन्द्र पाण्डे, ४६ वर्षका गगन थापा र ३८, ४० का अन्य नेता अझै धेरै परिर्वतन हुनुप¥यो’ शुक्रवार नेपाली कांग्रेस गोरखा नगर समितिले आयोजना गरेको नगरसम्मेलनमा उनले भने ।
नगर सभापति चन्दनबाबु खत्रीको अध्यक्षतामा भएको सम्मेलनमा बोल्ने नेता कार्यकर्ताहरुले गत ९२०७९बैशाख० को स्थानीय निर्वाचन, टिकट बितरण लगायतको कुरा गरेपछि मुख्यमन्त्री पाण्डेले भने ‘अर्को चुनाव आउने बेला भईसक्यो, ३ वर्षपछि अर्को चुनाव हुन्छ, हामी हिजोको टिकट किन छुट्यो भने रोईकराई गरिरहेका छौँ, यो कहिले सम्म गरिरहने ?’ यही रोदनमा हुने हो भने अर्को पटक पनि चुनावको टिकट छुट्न सक्ने बताउँदै उनले आगामी निर्वाचनमा कसरी टिकट लिने र जित्ने भन्ने तर्फ लाग्न सुझाब दिए । ‘हिजो भएको हाम्रा कमिकमजोरीलाई ‘करेक्सन’ गरेर अघि बढ्ने हो’ उनले भने ।
प्रत्यक नेता कार्यकर्तालाई आफु भन्दा माथिल्लो तहका नेताले केही गरेनन् भन्ने लाग्ने गरेको बताउँदै केन्द्रिय सदस्य एवं मुख्यमन्त्री पाण्डेले भने ‘आफु मात्र असल देख्ने हाम्रो प्रवृत्ती खराब छ, हरेकले खराब प्रवृत्ती बदल्यौँ भने को खराब, को असल भनेर अलमलीनु पर्दैन ।’
वडा सभापति देखि केन्द्रिय सभापतिसम्मको अधिकार विधानमा लेखिएको बताउँदै उनले हरेक नेता कार्यकर्ताले आफ्नो जिम्मेवारी पुरा गर्ने हो भने कांग्रेसको संगठन सुदृढिकरण र बिस्तार हुने बताए ।
गाउँघरमा हुने बिकास आयोजनामा सहभागीता जनाउने, नेतृत्व गर्ने, जनतासँगको संम्बाद बाक्लो बनाएमा संगठन बिस्तार गर्न सकिने उनले बताए । गाउँमा रहेका मानिस रोजगारीको अभावले बसाईसर्ने गरेको बताउँदै उनले भने ‘गाउँ शहर जता बसेका मानिस भएपनि हामीले उत्पादन र रोजगारीसँग जोड्न सकेनौँ भने बढ्दो क्रममा रहेको बसाईसराईको डरलाग्दो स्थिती रोक्न सकिँदैन ।’ गण्डकी प्रदेश सरकारले उत्पादनको क्षेत्रमा लगानी बढाईरहेको र त्यसमा सहभागी हुन उनले अनुरोध समेत गरे ।
प्रदेश सरकारले प्राथमिकताका आधारमा बजेट बिनियोजन गरेको बताउँदै उनले यस वर्षको वार्षिक बिकास कार्यक्रममा ३० लाख भन्दा कमका सडक योजना, १० लाख भन्दा कमका सिंचाई, खानेपानीका योजनामा बजेट बिनियोजन नगरिएको बताए । ‘देखिनेगरी बिकास गर्न, सुरु भएका योजना समयमै सम्पन्न गर्न प्राथमिकता र आवश्यकताका आधारमा बजेट बिनियोजन गरिएको छ’ उनले भने ‘भवन निर्माण जस्ता अनुत्पादक क्षेत्रमा नयाँ योजना छुट्याएका छैनौँ, हाम्रो प्राथमिकतामा यो छैन ।’ भोटका लागि स–साना टुक्रे योजना, सामुयिक भन्दापनि व्यक्तिगत योजना धेरै आउने गरेको बताउँदै मुख्यमन्त्री पाण्डेले मुख्य, मुख्य योजना छिटो गर्ने नीति प्रदेश सरकारको रहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अब्दुल सतार, गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठ, गोरखा १ का सांसद राजेन्द्र बजगाई, जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, महासमिति सदस्य राजनराज पन्त लगायतले प्रशिक्षणमुलक धारणा राखेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा अनावश्यक नबोल्न, नलेख्न आग्रह गरेको छ। बिहीबार बसेको केन्द्रीय समितिको बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सामाजिक सञ्ज...
काठमाडौँ: नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८०० रुपैयाँ घटेको हो । महासंघका अनुसार शु...
पोखरा: विपद्जन्य घटनाहरू भएमा तत्काल उद्धार तथा राहत सामग्री राख्ने प्रादेशिक आपत्कालीन गोदामघर गृहमन्त्री रमेश लेखकले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तान्तरण गरेका छन् । &nb...