इन्टर कलेज व्याण्ड कम्पिटिसनको तयारी पूरा, विजेतालाई १ लाख
पाेखरा | असोज १०, २०८०
पोखरा: पोखरा सांगीतिक कलाकार संघले आयोजना गर्न लागेको इन्टर कलेज व्याण्डक कम्पिटिनसको तयारी पुरा भएको छ ।
पोखरामा आज पत्रकार सम्मेलनको आयोजना गर्दै कम्पिटिसनको सम्पूर्ण तयारी पूरा भएको बताइएको हो ।
संघका सचिव भाष्करध्वज श्रेष्ठले पोखराको प्रदर्शनी केन्द्रमा आगामी असोज १२ र १३ गते हुने सो प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार पो प्रतियोगिताका लागि २१ टिमको छनोट भएको छ । उनले अन्तिम चरणका लागि १० कलेजका व्याण्ड छनोट हुने बताए ।
उनका अनुसार प्रथम हुने समूहले नगद रु १ लाखसहित शिल्ड र प्रमाणपत्र पाउनेछन् । यस्तै द्वित्तिय र तृतीय हुने समूहले क्रमश नगद रु ५० हजार, २५ हजार शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
कम्पिटिसनमा उत्कृष्ट भोकल, लिड गिटार, रिदम गिटार, बेस गिटार र उत्कृष्ट ड्रमरलाईपनि नगद ५/५ हजारसहित प्रमाणपत्र प्रदान गरिने उनले बताए ।
सो कम्पिटिसनमा निर्णायकका रुपमा किरण वैद्य, अमित गुरुङ, सामसुङ तामाङ, सुनिल थापा र विनोद बाँनिया रहने आयोजकले जनाएको छ ।
कम्पिटिसन पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने उद्देश्यले आयोजना गरिएको बताइएको छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

