०३१ पछि फेवाको १६ सय रोपनी जग्गा अवैध दर्ता

पाेखरा | असोज १०, २०८०

०३१ पछि फेवाको १६ सय रोपनी जग्गा अवैध दर्ता

पाेखरा:  २०३१ सालपछि फेवातालको जग्गा १६ सय रोपनी बढी अवैध दर्ता भएको विभिन्न अध्ययन र प्रतिवेदनले देखाएको छ । यसरी भएका सबै दर्ता खारेज गर्न अदालतले आदेश दिएको हो । 

 

३१ सालमा फेवातालमा लगाइएको बाँध फुटेपछि सतह घट्दा धेरैले अतिक्रमण गरेको र विविध तरिकाले लालपुर्जासमेत लिएको कारण हालको तालमुनि पनि व्यक्तिको वैध जग्गा छ । जसको लालपुर्जा लिएर उनीहरु बेलाबखत आन्दोलन गर्दै आएका छन् । 

 

तर पछिल्लो फैसालाले भने व्यक्तिको नाममा रहेको जग्गालाई अवैध भनिएको छ । जसअनुसार उनीहरुले मुआब्जा पाउने छैनन् । 

 

‘विक्रम संवत २०१८ देखि २०३१ सम्म कायम रहेको ताल र तालको डिल भन्दा बाहिरको जग्गाको हकमा मात्र कानुन बमोजिम मुआब्जा दिनुपर्ने देखिँदा सो पहिचान गरी उचित मुआब्जा दिने व्यवस्था मिलाउनू,’ आदेशमा भनिएको छ ।

 

आदेश अनुसार ३१ सालपछि फेवाताल घटेको अवस्थामा जग्गा दर्ता गरी भोगचलन गरेको हकमा अब उनीहरुको स्वामित्व नरहने भएको छ । 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्