मिनी सडक महोत्सवसहित पोखरामा पर्यटन दिवस मनाइने

काठमाडाैं | असोज ७, २०८०

मिनी सडक महोत्सवसहित पोखरामा पर्यटन दिवस मनाइने

पोखरा:  पोखरामा मिनी सडक महोत्सवसहित ४४ औं विश्व पर्यटन दिवस मनाइने भएको छ ।
 

रेष्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान)को आयोजनामा मिनी सडक महोत्सव आयोजना गरिने पत्रकारसम्मेलनमार्फत आज (आइतबार) जानकारी दिइएको हो ।

 

महोत्सव ‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने नारासहित पर्यटन दिवसको दिन (असोज १० गते) मनाइने पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।

 

उनका अनुसार सडक महोत्सवको आयोजना लेकसाइडको बाराहीचोकदेखि खहरेचोकसम्म हुने छ । 

 

सो सडकक्षेत्रमा यातायात आवागमन रोकिने बताउदै नेपाल र भारतका सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने श्रेष्ठले बताए । साथै विभिन्न जातजातिको संस्कृति झल्किने खालका भाँकीसमेत प्रर्दशन हुनेछ ।
 

 

रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले पर्यटन दिवसमा आयोजना हुने मिनी महोत्सवले अंग्रेजी नयाँ वर्षको सडक महोत्सवको झल्को दिने विश्वास व्यक्त गरे । 

 

सो महोत्सवले पर्यटकीय गतिविधि वृद्धि गर्ने रेवानको अपेक्षा छ । 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्