भारत एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा

काठमाडाैं | असोज ६, २०८०

भारत एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा

काठमाडौं:    भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा पुगेको छ । गएराति अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय वरीयतामा पहिलो नम्बरमा पुगेको हो ।


एसिया कप जित्दा पनि भारत आईसीसी एकदिवसीय वरीयतामा दोस्रो स्थानमा थियो भने पाकिस्तान फाइनलमा नपुगे पनि पहिलो स्थानमा थियो । भारत र अस्ट्रेलिया दुवैले एक नम्बर टोली बन्ने मौका पाएका थिए । अस्ट्रेलियालाई पराजित गरेसँगै भारत पहिलो नम्बरको टोली बनेको हो । योसँगै भारत क्रिकेटका तीन वटै फर्म्याटमा पहिलो बनेको छ ।


भारत टेस्ट र टी–२० फर्म्याटको विश्व वरीयतामा यसअघि नै पहिलो नम्बरमा छ । यो स्थान हासिल गर्ने भारतीय टोली विश्वको दोस्रो टोली हो । यसअघि सन् २०१२ को अगस्टमा दक्षिण अफ्रिकी क्रिकेट टोलीले पनि यस्तै उपलब्धि हासिल गरेको थियो ।


अब अस्ट्रेलियाले यस शृङ्खलाका अर्को दुई खेल जित्दा पनि विश्वकप अघि आईसीसी वरीयतामा नम्बर १ टोली बन्न सक्नेछैन । तर यदि अस्ट्रेलियाले अर्को दुई खेल जित्यो भने पाकिस्तान र भारतको बराबरी अङ्क हुनेछ र पाकिस्तानी टोलीले फेरि आईसीसी एकदिवसीय वरीयतामा नम्बर १ टोली बन्नेछ ।


वरीयतामा नेपाल भने १५औँ स्थानमा छ । नेपालको वरीयतामा कुनै परिवर्तन भएको छैन । नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेलेकोमा दुवै खेलमा हार ब्यहोरेको थियो ।   

पोखरा:   पोखराको पर्यटकीय स्थल बेगनासतालमा केही महिना अगाडि सञ्चालनमा आएको मोटरबोट पोखरा महानगरपालिकाले बन्द गर्ने निर्देशन दिएको छ ।  पोखरा महानगरपालिकाको प्रशासन महाशाखा प्रमुख कृष्ण प्...

थप पढ्नुहोस्

काभ्रेपलाञ्चोक:  काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-११ पात्लेखेतस्थित बिपी राजमार्गमा डिआईको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ ।   शनिबार बिहान बिपी राजमार्ग हुँदै भकुन्डेबाट काठमाडौँतर्फ ...

थप पढ्नुहोस्

पोखरा:  लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ५ गते देखि १६ गते सम्म आयोजना गरेको १९ औ संस्करणको लेखनाथ महोत्सवको तयारी तीव्र्र पारिएको छ । महोत्सव सम्पन्न गर्नका लागी ९ सदस्यीय निर्देशक समिति, ४१ वटा उप&nda...

थप पढ्नुहोस्