पोखरामा यात्रुलाई अभद्र व्यवहार गर्ने दुई सहचालक प्रकाउ
पाेखरा | असोज ५, २०८०
पोखरा: सार्वजनिक सवारी साधनमा यात्रुहरुलाई दु:ख हैरानी दिने दुई जना सहचालकलाई प्रहरीले प्रकाउ गरेको छ ।
पोखरा महानगरपालिका ९ स्थित पृथ्वीचोकमा सार्वजनिक साधनमा जवरजस्ती चढाउने, झोला खोसाखोस गरी सर्वसाधारण मानिसहरुलाई दु:ख हैरानी दिएर अभद्र व्यवहार गर्ने दुई सहचालकलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले प्रकाउ गरेको हो ।
यात्रुहरुलाई अभद्र व्यवहार गरेको आरोपमा तनहुँ ब्यास नगरपालिका १४ घर भएका २४ वर्षीय मन्जित महरा र रौतहट स्थायी घर भई पोखरा १३ मियाँपाटन बस्ने २४ वर्षीय अमर शाहलाई प्रहरीले प्रकाउ गरेको हो ।
प्रकाउ परेका दुवैजनालाई अभद्र मुद्धामा अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: अमरसिंहचौरमा आज (मंगलबार)देखि युनाईटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । विभिन्न समुदायका बाजागाजा, झाँकी र र्यालीसहित अमरसिंहचौरमा आगामी माघ ११ ...
मुस्ताङ: मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका–४ नेचुङ्गबाट दुई करोड २४ लाख ५९ हजार ३२० रुपियाँ बराबरको इलेक्ट्रिक चुरोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति सिन्धुपाल्चोक जिल्ला, सु...
काठमाडौं: स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । तीन दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार एक तोला स...

