घान्द्रुके गायक बिमलको ‘गैह्री गाउँको साँइली’ सार्वजनिक
पाेखरा | असोज ५, २०८०
पोखरा: कास्कीको घान्द्रुकमा छायांङ्कन गरिएको ‘गैह्री गाउँको साँइली’ बोलको कौडा गीत सार्वजनिक भएको छ ।
कलाकार ताराश्रीस मगर र विमल परियारको स्वरमा रहेको ‘गैह्री गाउँको साँइली’ बोलको कौडा गीत सार्वजनिक भएको हो ।
कास्कीको पर्यटकीय स्थल घान्द्रुकमा छायाँङ्कन गरिएको उक्त गीतमा कलाकार धीरेन शाक्य, आनन्द गुरुङ, रिना गुरुङ र जुना गुरुङको अभिनय रहेको छ ।
उक्त गीतमा शम्भु चालिसेको छायाँङ्कन ,विष्णुहरी तिमल्सिनाको सम्पादन, दिप गुरुङले निर्देशन गरेका छन् ।
उक्त गीतमा कलकार विमल परियारको संगीत र शिब हमालको शब्द रहेको छ । गीतमा रुपी सिंजाली मगर, प्रेमा राणा, राजु तोलाङ्गी गुरुङ र सागर बाजुरालीको सहयोगी स्वर रहेको छ । उक्त गीत दीप गुरुङको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

