प्रेममा धोका, बदलामा हत्या
सल्यान | असोज ५, २०८०

सल्यान: वैदेशिक रोजगारीका लागि दुबई बस्दै आएका कर्ण बहादुर बस्नेतले विदेश हुँदा नै रेवतीको हत्या गर्ने योजना बनाएको अनुसन्धानबाट खुल्न आएको छ ।
भदौ २५ गतेमात्र दुबईबाट आएका बस्नेतले गत ३० गते त्रिवेणी गाउँपालिका २ झालेढुंगा थापाटोलकी २९ वर्षीया रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतु थापाको हत्या गरेका थिए ।
उनी हत्या गर्ने योजनासहित नेपाल आएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख नविन कार्कीले बताए । उनका अनुसार दुबईबाट आएको ५ दिनमै रेवती एक्लै भएको मौका पारी राति करिब १० बजेतिर आगो लगाएर हत्या गरेका थिए ।
सल्यान सिद्ध कुमाख गाउँपालिका २ खानीगाउँका २८ वर्षीय कर्ण बहादुर बस्नेतलाई घटना भएको पाँच दिन पछि सिद्ध कुमाख गाउँपाकिला ३ ढोरचौर बजारबाट बुधबार साँझ पक्राउ गरिएको कार्कीले बताए ।
यस्तो छ घटनापछाडिको रहस्य
प्रहरीका अनुसार हत्या आरोपित बस्नेत र मृतक थापाबीच विगत सात वर्ष अघि सामाजिक सञ्जालमा चिनजान भएको थियो ।
सामाजिक सञ्जालमा कुराकानी गर्दै गर्दा माया प्रेम बसेको र विवाह गर्ने निर्णयसम्म पुगेको थिए । तर रेवतीले ४ वर्ष अघि गाउँकै अर्को पुरुषसँग विवाह गरे पछि आफूलाई धोका दिएको बस्नेतले महसुस गरे ।
प्रेममा धोका पाएको र विगतमा सहमतिमा खिचिएका शारिरीक सम्बन्धका फोटो तथा भिडियोका विषयमा उनीहरुबीच सामाजिक सञ्जालमै झगडा भैरहन्थ्यो ।
रेवतीको विवाह भएको दुई वर्ष पछि पुनः सामाजिक सञ्जाल मार्फत कुराकानी हुन थालेको र हत्याका अभियुक्त बस्नेतले रेवतीको श्रीमानलाई विगतमा लिएका अश्लिल फोटो र भिडियो पठाए पछि रेवतीको घरमा झगडा भएको देखिन्छ ।
त्यसपछि पीडक बस्नेतले हत्याको योजना बुनेर नेपाल आएको प्रहरी अनुसन्धानबाट खुल्न आएको बताइएको छ ।
काठमाडौं: नेपालले आइसीसी टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोटको उपाधि जितेको छ । ओमानमा शुक्रबार भएको सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोआलाई एक सय २४...
मुस्ताङ: झण्डै पाँच सय वर्षअघि यहाँको घरपझोङ–५ ठिनीमा राजा थर्कोचेनले शासन चलाएका थिए । मुस्ताङको पान्डाखोलादेखि तल्लो भूभाग चिमाङ र चोखोपानी खोलासम्म राजा थर्कोचेनको राज्य थियो । राजा थर्कोच...
गलकोट: सेवालाई गुणस्तरीय बनाउँदै लगेको धवलागिरि प्रादेशिक अस्पताल बागलुङमा पुगेका बिरामीको एउटै गुनासो हुन्छ–चिकित्सकले लेखेका औषधि पाइएन । अस्पताल फार्मेसीमा पुगेका अधिकांश स्वास्थ्य बीमामा आबद्ध ...